हेटौँडाको मेयरमा एमालेबाट ९ र उपमेयरमा ७ जना सिफारिस

हेटौँडा । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा एमालेबाट हेटौँडा उपमहानगरपालिकाको मेयर पदको लागि ९ जना र उपमेयर पदको लागि ७ जनाको नाम सिफारिस गरिएको छ ।
आइतबार बसेको नगर कमिटिको बैठकमा सहमति नजुटेपछि आकांक्षी सबै जनाको नाम जिल्ला कमिटिमा सिफारिस गरिएको हो ।
हेटौंडा उपमहानगरपालिकाको मेयर पदका लागि आकांक्षी हरिबहादुर महत, रघुनाथ खुलाल, रामेश्वर राना, एकलाल श्रेष्ठ, अनन्त पौडेल, मदन दाहाल, ध्रुव चौलागाईं, विके महर्जन र गणेशकुमारी प्रधानलाई सिफारिस गरिएको हो ।
महत अहिले पनि मेयर छन् भने खुलाल जिल्ला समन्वय समितिका प्रमुख हुन् । राना नेकपा एमाले केन्द्रीय सदस्य हुन् भने श्रेष्ठ जिल्ला अध्यक्ष हुन् ।
यस्तै मेयरका अर्का आकांक्षी पौडेल दोश्रो संविधानसभा सदस्य ह्न् । दाहाल र चौंलागाईं अधिवक्ता हुन् भने महर्जन यस अघि हेटौंडा उपमहानगरपालिकाको वातावरण महाशाखा प्रबन्धकमा कार्यरत थिए ।
मेयर पदमा सिफारिस एक मात्र महिला प्रधान भने जिल्ला समन्वय समिति मकवानपुरकी सदस्य छिन् । उपमेयर पदका लागि सुमित्रा काफ्ले, मेनुका दाहाल, सीता बिष्ट, प्रतिमा श्रेष्ठ, आरती पाठक, रमिला सापकोटा र इन्द्र नेपाललाई सिफारिस गर्ने निर्णय गरेको छ ।
क्याटेगोरी : राजनीति, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्