अध्यक्ष ओलीले चढाए हलेसी मन्दिरमा चार लाख भेटी

खोटाङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खोटाङको हलेसी मन्दिर र मारातिका गुम्बामा चार लाख भेटी चढाएका छन् ।
गत १९ चैतमा दिक्तेलको माटिकोरेमा नेकपा एमालेले आयोजना गरेको जनसभालाई सम्बोधन गर्नुअघि हेलिकोप्टरबाट हलेसी ओर्लिएका अध्यक्ष ओलीले भेटी चढाउने घोषणा गरे अनुसार हलेसी मन्दिरमा दुई लाख र मारातिका गुम्बामा दुई लाख भेटी पठाएका हुन् ।
अध्यक्ष ओलीले पठाएको भेटी रकम रामनवमीको अवसरमा आइतबार एमाले केन्द्रीय सदस्य एवं खोटाङ सह–इन्चार्ज उषाकला राई, केन्द्रीय सदस्य रमेशकुमार पौडेल र एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगालले हलेसी महादेव विकास समितिका अध्यक्ष हर्कराज राई र हलेसी मारतिका गुम्बा व्यावस्थापन समितिका अध्यक्ष डोमा लामालाई हस्तान्तरण गरेका छन् ।
अध्यक्ष ओलीले पठाएको भेटी नेकपा (एमाले) जिल्ला कमिटी खोटाङले आयोजना गरेको औपचारिक कार्यक्रमका बीच मन्दिर र गुम्बालाई हस्तान्तरण गरिएको हो । मारातिका गुम्बामा अध्ययनरत विद्यार्थीको पठन–पाठन साथै प्रोत्साहनका लागि अध्यक्ष ओलीले दुई लाख पठाएको एमाले केन्द्रीय सदस्य राईले जानकारी दिइन् ।
क्याटेगोरी : स्थानीय
ट्याग : #hot, #केपी शर्मा ओली
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्