Techie IT
मंगलबार, वैशाख ९,२०८२

म प्रधानमन्त्री हुँदा कृतिमानी कायम गरेको छु : ओली


गलकोट । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा झोलुङ्गे पुल, बाटोघाटो र तुइन हटाउने काममा कृतिमानी कायम गरेको बताएका छन् ।

शनिबार एमाले बागलुङको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकारले बजेट नभएको भन्दै योजना कटौती गर्नबाहेक अरु केही गर्न नसकेको आरोप लगाए ।

यसैबीच अध्यक्ष ओलीले एमाले पर्वतले कुश्माबजारमा आयोजना गरेको जनसभालाई सम्बोधन गरेका छन् । उनले हरेक जिल्ला र बस्तीमा एमालेको पक्षमा माहोल बढेको दाबी गरे । अध्यक्ष ओलीले कुश्मामा रेलको स्टेशन बन्न सक्ने तर्क गर्दै भने, ‘यहाँ रेलमार्ग, सुरुङमार्ग पनि क्रमशः बन्दै जान्छन् ।’ सो अवसरमा उनले रक्सोल–काठमाडौं रेल र केरुङ–काठमाडौं रेलमार्ग निर्माण प्रक्रिया सुरु भइसकेको बताए ।

आफ्नो कार्यकालमा तुइन विस्थापन, हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्गलगायत अनेक स्वरोजगार र कृषिको आधुनिकीकरण, सघन सहरी विकास, डिजिटल नेपाललगायत कार्यक्रम सञ्चालन गरेको अध्यक्ष ओलीको दाबी थियो ।

उनले नेपाल विकासको मार्गमा अत्यन्तै तीव्रताका साथ अघि बढेको बताउँदै धरहरा, रानीपोखरी, अस्पताल, स्वास्थ्यचौकी, विद्यालय, सिँचाइ, घर–घरमा धारा बनिरहेको उल्लेख गरे ।


क्याटेगोरी : राजनीति, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Haze
5:30 am6:33 pm +0545