Techie IT
सोमबार, वैशाख ८,२०८२

जिम्मेवारी पूरा नगरेको भन्दै नेपाल राष्ट्र बैकका गभर्नर अधिकारी निलम्बित


काठमाडौं । सरकारले नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीलाई केन्द्रीय बैंकको उद्देश्य अनुसार तोकिएको जिम्मेवारी पूरा नगरेको भन्दै निलम्बन गरेको छ ।

गभर्नर अधिकारीलाई आज निलम्बनको पत्र बुझाएर अर्थमन्त्रालयले डेपुटी गभर्नर नीलम ढुङ्गानालाई निमित्त गभर्नरको जिम्मेवारी तोकेको हो ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले राष्ट्र बैंकको संवेदनशील सूचना चुहाएकाले गभर्नर अधिकारीमाथि छानबिन गर्ने निर्णय गरेसँगै उनी स्वतः निलम्बनमा परेको बताइएको छ ।

सर्वोच्च अदालतका पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा तीन सदस्यी जाँचबुझ समिति गठन भइसकेको स्रोतले जनाएको छ ।

राष्ट्र बैंकका एक जना उच्च अधिकारीले पनि गभर्नर अधिकारी निलम्बनमा परेको र उनको जिम्मेवारी डेपुटी गभर्नर ढुंगानालाई दिएको बताइएको छ ।


क्याटेगोरी : अर्थ, स्थानीय
ट्याग : #hot


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mist
5:31 am6:33 pm +0545