उदयपुरमा कविताको हत्या गर्ने युवक सार्वजनिक

उदयपुर । बेलका नगरपालिका–३ बुद्धचोक बस्ने १५ वर्षीया कविता सुनुवारको मङ्गलबार बिहान स्थानीय जशोदा खोलाको किनारमा हत्या गरी फालेको अवस्थामा शव फेला परेपछि हत्यामा संलग्नलाई पक्राउ गरी बुधबार जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ ।
कविताको हत्यामा संलग्न रहेकामा बेलका–३ बस्ने १७ वर्षीया सरिता ढकाल खत्री र उनको ठूलाबुबाको छोरा भारत सिक्किम पैयु घर भई बेलाका बस्दै आएका १९ वर्षीय विनोद ढकाललाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेर कविताको हत्यामा संलग्न भएको पुष्टि गर्दै सार्वजनिक गरेको प्रहरीले जनाएको छ ।
कोशी जनता माविमा कक्षा १० मा अध्ययरत कविता एसइईको तयारी गर्ने क्रममा मङ्गलबार बिहानै ४ बजे ट्युसन पढ्न स्कुल गएको र स्कुलमा पनि नपुगेको तथा उनको शव मङ्गलबार बिहान ५ः३० बजेतिर घरभन्दा दुई किलोमिटर पर जशोदा खोलाको किनारमा मृतावस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
तत्काल प्रहरीले सरिता र विनोदलाई पक्राउ गरेर अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख सुवास बोहराले बताए । मङ्गलबार जिल्ला प्रहरी कार्यालयमा कविताको हत्यामा संलग्नमध्ये विनोदलाई प्रहरीले सार्वजनिक गरेको थियो ।
प्रहरीका अनुसार कविता र सरिता दुवै कक्षा १० मा कोशी जनता मावि बेलकामा अध्ययरनत रहँदै आएका थिए । कविता र सरिताबीच केही द्वन्द्व रहेको र कविताले सरितालाई नराम्रा कुरा गर्ने गरेको कारण सरिताले सहन नसकेर ठूलाबुबाको छोरा विनोद ढकाललाई भनेर कविताको हत्या गर्ने योजना बनाएको प्रहरीले जनाएको छ ।
मङ्गलबार बिहान कवितालाई सरिताले मोबाइलमा एसएमएस गरेर चाँडै ट्युसन जान खबर गरेको र सरिताले दाजु विनोदलाई पनि सँगै लिएर पर जङ्गलसम्म गएको प्रहरीको अनुसन्धानको क्रममा खुलेको प्रहरीले बताएको छ ।
बाटोमा कविता र सरिताको भेट भएपछि पछाडिपट्टिबाट विनोदले लुकाएर बोकेको बियरको बोतलले कविताको टाउकामा हानेपछि कविता भुइँमा बेहोस भई लड्न पुगेको तथा सोही क्रममा सरिता र विनोदले नजिकैको जशोदा खोलाबाट केही ढुङ्गा बोकेर ल्याई कविताको टाउको र अनुहारमा हानेपछि कविताको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला अदालतको आदेशानुसार हत्यामा संलग्न विनोदलाई प्रहरीले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर जिल्ला सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालतमा मुद्दा चलाउन तयारी गरेको र सरितालाई भने बालगृहमा राखेर मुद्दा चलाउने तयारी भएको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्