Techie IT
मंगलबार, वैशाख ९,२०८२

मेरो गल्ती भयो भन्दै एमालेबाट माओवादीमै फर्किए हरि डल्लाकोटी


काठमाडौं । एमालेमा प्रवेश गरेकै भोलिपल्ल्ट माओवादीमै फर्किएका धादिङ रोराङ बेनिघाट गाउँपालिकाका अध्यक्ष हरि डल्लाकोटीले परिबन्दले आफू एमालेमा प्रवेश गर्न पुगेको बताएका छन् ।

माओवादी त्यागेर एमाले प्रवेश गरेको भोलिपल्टै फेरि उनी माओवादीमै फर्र्किएका हुन् । माओवादीमा फर्किएको घोषणा गरेपछि बुधबार बिहान अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न उनी खुमलटारमा पुगेका थिए ।

खुमलटार पुगेर डल्लाकोटीले अध्यक्ष प्रचण्डसँग आफू परिबन्दमा परेर बालकोट पुगेको भए पनि पुनः माओवादीमै फर्किएको बताए ।

एमालेमा प्रवेश गर्नु आफ्नो गल्ती भएको भन्दै उनले एमालेमा गएपछि आफ्ना कार्यकर्ता र जनताले दुई दिनसम्म सुत्नसमेत नदिएको प्रचण्डसामु बताएका छन् ।

अध्यक्ष प्रचण्डसँग डल्लाकोटीले गरेको कुराकानी उद्धृत गर्दै प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भने, ‘अध्यक्षज्यु, केही मान्छेको परिबन्दमा परि बालकोट पुगेँ, यसमा मेरो गल्ती भो, तर मलाई मैले बनाको पार्टी, कार्यकर्ता र मलाई निर्वाचित गर्ने जनताले दुई दिनसम्म छोडेनन्, सुत्न नि दिएनन्, मैले आज मेरा कार्यकर्ता र जनताप्रति गर्व गर्छु, म दुई दिनमै घर फर्केको छु ।’

डल्लाकोटीको भनाइपछि अध्यक्ष प्रचण्डले जवाफ दिए, ‘गल्ती गरेँ भनिसक्नु भो, अब काममा फर्कनुस् ।’


क्याटेगोरी : समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
29°
Fair
5:30 am6:33 pm +0545