‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट हेटौँडा अस्पताललाई अलग्याए प्रतिरोध गर्छौँ’

हेटौँडा । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट हेटौँडा अस्पताललाई अलग्याए प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।
हेटौँडामा बुधबार पत्रकार सम्मेलन गर्दै पौडेलले प्रतिष्ठानलाई हेटौंडा अस्पतालबाट अलग्याउने र भरतपुरमा सञ्चालन गर्ने प्रयत्नस्वरुप अध्यादेश ल्याइएको भन्दै आपत्ति जनाएका हुन् ।
उक्त प्रतिष्ठान प्रदेश तथा मकवानपुरको गौरवको आयोजना रहेको भन्दै उनले यसलाई भरतपुर लगिए ढुंगा हान्नेसमेत चेतावनी दिएका छन् । उनले आफू नेतृत्वको सरकारले स्थापना गरेको प्रतिष्ठानलाई कमजोर बनाउने र यहाँको स्वास्थ्य क्षेत्र विगतको जस्तै कमजोर बनाउन वर्तमान सरकार लागेको आरोप लगाए । यो अध्याधेशमार्फत केवल राजनीतिक बेइमानी मात्र नभएर मकवानपुरे आम जनताप्रति अक्षम्य अपराध गरिएको उनको भनाइ छ ।
अस्पताललाई प्रतिष्ठानमार्फत विशेषज्ञ डाक्टर, अत्याधुनिक उपकरणहरूको सेवा विस्तारलाई अगाडि बढाउँदै आईसीयू, एचडीयू, अक्सिजन प्लान्टजस्ता सेवाहरू समेत विस्तार भइरहेको पौडेलले बताए ।
‘५० शैय्या, तीन सय शैय्या हुँदै हाल पाँच सय शैय्यामा पुग्ने क्रममा रहेको र निर्माणाधीन भवन सम्पन्न पश्चात सेवा अझ विस्तार हुने क्रममा रहेको थियो,’ उनले भने, ‘अस्पताललाई प्रतिष्ठानबाट अलग गराएर पुनः रिफर अस्पतालमा झार्न तथा यस प्रतिष्ठानमा सञ्चालन भइरहेका तीनवटा विषयका कक्षाहरू भरतपुरमा सञ्चालन गर्न मकवानपुरबाट प्रतिनिधित्व गर्ने सांसद तथा मन्त्रीहरू स्वयं लागेका छन् ।’
वर्तमान सरकारले यस्ता जनविरोधी कामलाई निरन्तरता दिइरहे त्यसको भण्डाफोर गर्दै गम्भीर रुपमा प्रतिरोध गरिने पौडेलले चेतावनी दिए । प्रतिष्ठानको थप विकासका लागि छुट्याइएको डेढ अर्ब बजेट ५र५ लाखका टुक्रे योजनामा खर्च गर्ने वर्तमान सरकारको निर्णय कार्यकर्ता पाल्ने योजना भएको उनको आरोप छ । प्रतिष्ठानमा प्रदेश सरकारको हालसम्म करिब १५ करोड लगानी भइसकेको र उक्त लगानी खेर जाने अवस्था आएको भन्दै उनले चिन्ता व्यक्त गरे ।
क्याटेगोरी : राजनीति, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्