Techie IT
आईतबार, वैशाख ७,२०८२

पाकिस्तानी पूर्वप्रधानन्यायाधीश गुलजारलाई कामचलाउ प्रधानमन्त्रीमा इमरान खानको प्रस्ताव


इस्लामावाद । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पूर्वप्रधानन्यायाधीश गुलजार अहमदलाई पाकिस्तानको कामचलाउ प्रधानमन्त्रीको प्रस्ताव गरेका छन् ।

पाकिस्तानमा जारी राजनीतिक संकटबीच पीटीआई अध्यक्षसमेत रहेका प्रधानमन्त्री खानले अहमदलाई काचलाउ प्रधानमन्त्रीको रूपमा प्रस्ताव गरेका हुन् ।

आईतबार प्रधानमन्त्री खानको सिफारिसमा राष्ट्रपति डा। अरिफ अल्भीले पाकिस्तानको संसद विघटन गरेका थिए । खानविरुद्धको अविश्वासको प्रस्तावलाई तल्लो सदन नेसनल एसेम्ब्लीका उपसभामुखले खारेज गरेपछि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेका थिए ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, स्वास्थ्य


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Fair
5:32 am6:32 pm +0545