Techie IT
मंगलबार, वैशाख ९,२०८२

यी तीन प्रदेशमा छ आज वर्षाको सम्भावना


काठमाडौं । हाल नेपालमा भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । बिहान प्रदेश १ का पहाडी भू–भागमा आंशिक बदली रही मुलुकका अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १ को पहाडी भू–भागका थोरै स्थान र बागमती तथा गण्डकीका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति प्रदेश १ को पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । बुधबार प्रदेश १ को पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १ का पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको आँकलन गरिएको छ ।


क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #hot, #माैसम


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
29°
Fair
5:30 am6:33 pm +0545