Techie IT
मंगलबार, वैशाख ९,२०८२

तारकेश्वर काँग्रेसको तीन वडाबाट सर्बसम्मत उम्मेद्वार सिफारिस


तारकेश्वर काठमाडौं । नेपाली कांग्रेसले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचका लागि तारकेश्वर नगरपालिका वडा नं २ , ८ र ११ को वडा अध्यक्षका उम्मेद्वारको नाम सिफारिस गरेको छ ।

सोमबार बसेको कार्यसमितिको बैठकले वडा नं २ बाट राधाकृष्ण खड्गी, वडा नं ८ बाट श्याम कृष्ण सापकोटा तथा वडा नं ११ बाट कविराज बस्नेतको नाम सर्वसहमतिले सिफारिस गरेको हो । वडा अध्यक्षमा अन्य नेताहरुले पनि आकांक्षा राखेपनि अन्तिममा ख्डकी, सापकोटा र बस्नेतको नाम सिफारिस भएको हो ।

सिफारिस भएका उम्मेद्वारहरु मध्ये बस्नेतल र खड्की अघिल्लो निर्वाचनमा पनि वडा अध्यक्षमा लडेका थिए । त्यति बेला उनी एमालेका उम्मेद्वार विन्दा बुढाथोकीसँग ७ मतले पराजित भएका थिए भने वडा नं २ का उमेद्धवार खड्गी तत्कालीन एमालेको तर्फवाट उम्मेदवार रहेका रबिन्द्र केसी संग पराजित बनेका थिए ।


क्याटेगोरी : स्थानीय
ट्याग : #उम्मेद्वार सिफारिस


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
29°
Fair
5:30 am6:33 pm +0545