मिस हिमालय लिटल एन्जल काठमाडौं २०२२ को अडिसन सम्पन्न

काठमाडौं । कथा इभेन्टको आयोजनमा हुन लागेको मिस हिमालय लिटल एन्जल काठमाडौं २०२२ को पहिलो अडिसन चैत्र १८ शुक्रबार भेनश पब्लिक स्कूल, बेसीगॅाउ गोकर्णेश्वर काठमाण्डौंमा सम्पन्न भएको छ , अडिसनको प्रमुख निर्णायकमा वरिष्ट ऱ्यापर तथा म्यूजिक निर्देशक निर्णय श्रेष्ठ (NSK Da )ज्यू रहनु भएको थियो भने निर्णायकमा कथा इभेन्टकी प्रमुख गनिका गुरुङ र मिस लेडी नेपाल २०१९ कि ऒकि किमोचि विष्ट “ रहेका थिए मिस हिमालय लिटल एन्जल सिजन ३ मा ११३ जनाले अडिसन दिएको जानकारी इभेन्ट डाइरेक्टर अनिल बुर्जा मगरले बताएका छन । प्रतियोगीहरुलाई १५ दिनसम्म विभिन्न विषयमा प्रशिक्षणमा समावेश गरिनेछ जस अन्तर्गत स्टेज प्रस्तुतिकरण, ब्यत्तित्व विकास, भौतिक बिकास , आत्मविश्वास अभिवृद्धि, सामाजिक तथा समान्य ज्ञान, फेशन तथा क्याटवाक, सेलिब्रेटी अन्तरक्रिया, फोटोसेसन लगायतका कृयाकलापहरु रहनेछन् । मिस हिमालय लिटल एन्जल काठमाडौंको विजेताले नगद रू ५० हजार साथै इन्टरनेशनलमा प्रतिनिधित्व गर्नेछन् । त्यसैगरी फष्ट रनरअपले नगद रू ३० हजार र सेकेण्ड रनरअपले नगद रू २० हजार पाउने छन् । विजेताहरूले नगद सँगै ताज, ट्रफी र अन्य पुरष्कारहरू पनि पाउने छन् । प्रतियोगितामा उमेरको हिसाबले तीन समुहमा बिभाजन गरेर समुह बिजेताहरु र १ जना मुख्य विजेताको रुपमा घोषणा गरिनेछ । कथा इभेन्टले २०१७ देखि बिभिन्न रोचात्मक कार्यक्रमहरू गर्दै आईरहेको र त्यस मध्येको एक बिसेस कार्यक्रम मिस हिमालय लिटल एन्जल पहिलो र दोस्रो सृखंला भब्य र सब्यताका साथ सम्पन्न गरेका थिए भने यस बर्ष सिजन ३ एडुकेशन पार्टनर भेनश पब्लिक स्कुल बेसीगॅाउ , गोकर्णेश्वर बाट गरेका छन् र कार्यक्रम योहो टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुने जानकारी समेत इभेन्ट डाइरेक्टर अनिल बुर्जा मगरले बताएका छन्
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्