मनहरीका प्रहरी निरीक्षक थापाको एक्सन : ३७ बोरा अवैध मल सहित दुइ जना पक्राउ

चितवन । जैविक मल उत्पादन गर्ने स्वीकृति लिएर अवैध कीटनाशक औषधी उत्पादन गरेको आरोपमा ईलाका प्रहरी कार्यालय मनहरीले दुइ जनालाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय मनहरीका अनुसार अवैध कीटनाशक औषधी बिक्री प्रयोजनका लागी बस्तीपुर तर्फ लैजाँदै गरेको अवस्थामा ना १ ज ४७७६ नम्बरको म्याजिक भ्यानबाट पाँच बोरा र थप अनुसन्धान गर्ने क्रममा एक घरमा भण्डारण गरी राखिएको अवस्थामा थप ३२ बोरा बिषादी मल भेटिएको थियो ।
ईलाका प्रहरी कार्यालय मनहरी
प्रहरीले मल सहित २ जनालाई समेत पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मनहरी गाउँपालिका ७ बस्ने म्याजिक चालक चन्द्रबहादुर मोक्तान र कम्पनीका सुपरभाइजर सर्लाही बसबरीया गाउँपालिका ६ बस्ने बर्ष ३० को सन्तोष शाह र माडी नगरपालिका ९ बस्ने बर्ष ३२ को गिरेन्द्र बहादुर दुरा रहेका छन् ।
पक्राउ परेका ब्यक्ति
मोक्तानलाइ मल ओसारपसार गर्ने कार्यमा सहयोग गरेको आरोप छ । बरामद गरिएको मल बाराको परवानीपुर गाउँपालिका ४ मा रहेको शिवशक्ति बायोप्लान्टिक प्रालीको रहेको ईलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।
प्रहरी निरीक्षक प्रकाश थापा
आफ्नो क्षेत्राधिकार नपर्ने भन्दै कृषि ज्ञान केन्द्र पन्छिए ।
यता, अनुसन्धान गर्ने जिम्मेवारी पाएको कृषि ज्ञान केन्द्र चितवन भने आफ्नो जिम्मेवारीबाट पन्छिएको छ । प्रहरीले पक्राउ परेका ब्यक्तिलाई आवश्यक कार्वाहीका लागी कृषि ज्ञान केन्द्र चितवनमा बुझाएपनि केन्द्रका प्रमुख युवराज पाण्डेले आफ्नो क्षेत्राधिकार नपर्ने भन्दै आफ्नो जिम्मेवारीबाट पन्छिएका थिए ।
कृषि ज्ञान केन्द्र, चितवन
गत, माघ १ गते ईलाका प्रहरी कार्यालय भण्डाराले पनि सोही कम्पनीको करिब ९ लाख ८० हजार मूल्य बराबरको अवैध कीटनाशक औषधीसहितको ट्रक नियन्त्रणमा लिएपनि पशु क्वारेन्टाइन तथा बिषादी परीक्षण केन्द्र तथा कृषि ज्ञान केन्द्र चितवनले कार्वाही गर्न खासै चासो नदेखाउँदा सो कम्पनीले अहिले पुनः किसानहरूलाइ झुक्याएर बिषादी मल बिक्रीवितरण गर्ने गरेको पाइएको हो ।
सो, उद्योगले यसअघि पनि ठगी गर्दै आएको थियो । यस अघि चितवन प्रहरीले मल बरामद गरेपछि पशु क्वारेन्टाइन तथा बिषादी परीक्षण केन्द्रबाट अनुगमन अधिकृत माधव भट्ट चितवन आएका थिए । चितवन आएका अनुगमन अधिकृत भट्टले बरामद गरिएको मलको सेम्पल लिएर गएका थिए ।
सो, क्रममा उक्त कम्पनीद्वारा अवैध बिषादी मलको कारोबार गर्ने गरेको पुष्टि भएपछि डेढ महिना अघि नै कम्पनीका म्यानेजर रमाकान्त भारती र कमल कान्त सिंह संग अनुसन्धान गरी बयान लिइएको थियो । बयान लिने काम सकिए पनि उनीहरुको विरुद्धमा सरकारी वकिल कार्यालयमा मिसिल भने बुझाइएको थिएनन् ।
आरोपित पक्षसँग बयान लिने काम सकिएपनि पशु क्वारेन्टाइन तथा बिषादी परीक्षण केन्द्रले सरकारी वकिल कार्यालय चितवनमा मिसिल बुझाउन आलटाल गरिरहदा उनीहरुले अझै पनि अवैध काम गर्ने गरेको भेटिएको हो ।
यसअघि जिल्ला प्रशासन कार्यालय बाराले बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ४ चैनपुरस्थित प्रालीमा सिलबन्दी गरेको थियो । बाराका सहायक प्रमुख जिल्ला अधिकारी देवराज सेढाई नेतृत्वको अनुगमन टोलीले अनुमतिबिना अवैधरुपमा १२ वर्षदेखि कीटनाशक औषधी उत्पादन गरी बिक्रीवितरण गरीरहेको उद्योगमा सिलबन्दी गरे पनि एक महिनापछि खोलिएको थियो ।
अवैध उत्पादन र कालोबजारी गर्ने गरेको भेटिए पछि उद्योग सिलबन्दी गरिएकोमा पुनः खोलिए संगै कम्पनीको बदमासी बाहिरिएको हो । उद्योगमाथि अवैधरूपमा सञ्चालन गरी अवैध औषधि उत्पादन गरी किसानलाई ठगेको समेत आरोप लागेको छ । नियमक निकायको उदाशिनता र कार्वाहीमा आनाकानी भईरहदा सो, उद्योगले अझै पनि किसानहरूलाइ गुणस्तरीहिन मल बिक्री गर्ने गरेको मनहरी प्रहरीले नियन्त्रणमा लिएको घट्नाले समेत स्पष्ट पारेको छ ।
उद्योगमा भारतीय नागरिक रामाकान्त भारती, कमलकान्त सिंह र सञ्जीत राय यादवको लगानी रहेको छ । उद्योगमाथि अवैध रूपमा सञ्चालन गरी अवैध औषधि उत्पादन गरी किसानलाई ठगेको समेत आरोप लागेको छ । उद्योगको नाममा बर्षौंदेखि किसानहरूलाइ ठग्दै आएको आरोप लागेका सञ्चालक राओ भारतको हैदरबाद, भारती र सिंह भने वीरगंजमै लुकिछिपि बस्दै आएका छन् ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्