Techie IT
सोमबार, वैशाख ८,२०८२

बसको ठक्करबाट मोटरसाइकलमा सवार दम्पत्तीको मृत्यु


चितवन । पूर्वी चितवनको रत्ननगरमा भएको सवारी दुर्घटनामा परी आज (बुधबार) साँझ दुई जनाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना. ५. ख. १९० नम्बरको पुरानो नारायणी यातायातको बसले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बागमती प्रदेश ००२ प १८९५ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार दम्पत्तीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा रत्ननगर नगरपालिका २ टाँडी बस्ने ६१ बर्षीया निरन्जन श्रेष्ठ र उनको श्रीमती ५६ बर्षीया नयनतारा श्रेष्ठ रहेको ईलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी निरीक्षक रोशन खड्काले जानकारी दिए ।

बसको ठक्करबाट गम्भीर घाइते भएका उनीहरु दुवैको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । बस र त्यस्का चालक बाँके बस्ने ३४ बर्षका ललित ऐरीलाइ टाँडी प्रहरीले आफ्नो नियन्त्रणमा लिएको जनाएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mist
5:31 am6:33 pm +0545