Techie IT
सोमबार, वैशाख ८,२०८२

टाँडीका प्रहरी प्रमुख फेरिए : रविन बाबु रेग्मी आउने


चितवन । ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रहरी प्रमुख फेरिएका छन् । प्रहरी प्रधान कार्यालयले आज (सोमबार) बेलुकी निकालेको काज सरुवा अन्तर्गत टाँडीका प्रहरी प्रमुख (डिएसपी) इन्द्र बहादुर राना फेरिएका हुन् ।

उनको जिल्ला प्रहरी कार्यालय बाग्लुङमा काज सरुवा भएको छ । तेह्र महिनासम्म प्रहरी प्रमुखको रूपमा जिम्मेवारी सम्हालेका उनलेे लागूऔषध बरामद, चोरीमा संलग्न र फरार प्रतिवादी लाई पक्राउ, नदीनालाहरुमा अवैध नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसामा संलग्नलाई नियन्त्रण तथा एमाले महाधिवेशनको त्रुटिरहित सुरक्षा व्यवस्था कायम गर्दै अपराधीक गतिविधिलाइ नियन्त्रणमा लिइ शान्ति सुरक्षालाइ चुस्तदुरुस्त पारेका थिए ।

बागमती प्रदेश प्रहरी कार्यालयबाट समेत प्रदेशकै सर्वोत्कृष्ट प्रहरी घोषित भएका राना ब्यवसायिक प्रहरी अधिकृतमा गनिन्छन् । उनले विभागीय मूल्य–मान्यता, आदेशनिर्देशनको पालना गरी व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरका साथ बिवादरहित ढंगले आफ्नो कार्यकाल सकाएका छन् ।

यता, रानाको सरुवा भएसंगै अब उनको स्थानमा रविन बाबु रेग्मी आउने भएका छन् । रेग्मी केन्द्रिय अनुसन्धान ब्यूरोबाट चितवनको टाँडी सरुवा भइ आएका हुन् । उनी पनि ब्यवसायिक प्रहरी अधिकृतकै रूपमा चिनिन्छन् ।

यसअघि वर्डा प्रहरी कार्यालय नारायणगढ चितवनमा प्रहरी निरीक्षक हुँदा उनलेे त्यहाँको शान्तिसुरक्षा नियन्त्रणमा लिइ अपराधीक गतिविधिलाइ न्यूनीकरण गर्न कुनै कसुर बाँकी राखेका थिएनन् ।

उनलेे गरेको कामको मुल्यांकन गर्दै उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले “वेष्ट पोलिस अफ द मन्थ” बाट समेत सम्मान गरेको थियो ।

 


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mist
5:31 am6:33 pm +0545