Techie IT
सोमबार, वैशाख ८,२०८२

बालिका अपहरणका तीन जना आरोपी सार्वजनिक


धनुषा । धनुषामा बालिका अपहरण घटनामा पक्राउ परेका तीनजना आरोपितलाई प्रहरीले सार्वजनिक गरेको छ । जनकपुरधाम उपमहानगरपालिका–१६ पुलचोकबाट ४ वर्षीया बालिकालाई अपहरण गरेको घटनामा संलग्न आरोपमा तीनजना आरोपितलाई प्रहरीले आज सार्वजानिक गरेको हो ।

पक्राउ पर्नेहरूमा धनुषाधाम नपा–३ सिकियाही बस्ने २१ वर्षीय अरविन्द मुखिया, जनकपुधाम उपमहानगरपालिका–१ बस्ने २१ वर्षीय रविकुमार दास र कमला नगरपालिका–८ सोनापारा घर भई जनकपुरधाम उपमहानगरपालिका–१६ पुलचोकमा डेरा गरी बस्ने २० वर्षीय अभिषेकचन्द्र दास रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

उनीहरूले बालिकालाई अपहरण गरी अभिभावकसँग १५ फिरौती बापतको रकम माग गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

बालिका आफ्नै डेरामा खेलिरहेको समयमा चैत १० गते सम्पर्कविहीन भएपछि चैत ११ गते प्रहरीले सकुशल उद्धार गर्न सफल भएका थिए । घटनामा संलग्न आशङ्कामा सात जनालाई नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानका क्रममा चारजना निर्दोष देखिएकाले छाडिएको र तीनजना संलग्न आरोपित देखिएकाले अपहरण तथा शरीर बन्धक मुद्दामा म्याद थप भई अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।


क्याटेगोरी : अपराध/सुरक्षा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:31 am6:33 pm +0545