Techie IT
बुधबार, माघ २३,२०८१

एनआरएनएको अध्यक्षमा महिलासहित ३ जना घोषणा, को-को छन् पदाधिकारीमा ? (सूचीसहित)


काठमाडौँ, १३ चैत । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा तीन जना चयन भएका छन् ।

संघको आइतबार सम्पन्न १० औं विश्व सम्मेलनले बद्री केसी, रविना थापा र कुल आचार्यलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

घोषणासभामा निवर्तमान अध्यक्ष कुमार पन्तले निर्वाचित तीनै जना अध्यक्ष कार्यकारी भएको बताए । पन्तका अनुसार नवनिर्वाचित ३ जना अध्यक्षहरुले नै पहिलो बैठकको अध्यक्षता गर्नेछन् ।

त्यसपछि भने पहिलो ६ महिना कुल आचार्यले, दोस्रो ६ महिने कार्यकाल रविना थापा र बाँकी कार्यकालको अध्यक्षता बद्री केसीले नेतृत्व गर्नेछन् ।

अध्यक्षमण्डलका अध्यक्ष उपेन्द्र महतो नेतृत्वको कार्यदलले भागवण्डा मिलाउने क्रममा ठूलो संख्यामा पदाधिकारी घोषणा गरेका छन् ।

लामो समयदेखि संघमा रहेको विवाद अदालतले अन्तरिम आदेश जारी नगरेपछि नयाँ नेतृत्व पाएको हो ।

तर पूर्वअध्यक्ष एवम् संरक्षक शेष घले पक्षले भने आफूहरुको नेतृत्वको संघ आधिकारिक भएको दावी गर्दै परराष्ट्र मन्त्रालयमा पत्र दिएको छ ।

नयाँ कार्यसमितिको उपाध्यक्ष ११ जना बनेका छन् । जसमा भूषण घिमिरे, डिबी क्षेत्री, डा हेमराज शर्मा, धर्मराज अधिकारी, दुर्गा आचार्य, गोविन्द्र श्रेष्ठ, जय प्रकाश गुरुङ, महेश श्रेष्ठ, नारायण आचार्य, आरके शर्मा र नरेन्द्र भाट चयन भएका छन् ।

यस्तै महिला उपाध्यक्षमा विष्णु माया परियार र याश्मिन बेगम चयन भएका छन् । यस्तै युवा उपाध्यक्षमा राज रेग्मी, रोशन थापा र हिमाल गुरुङ चयन भएका छन् । यस्तै महासचिवमा दुई जना निर्वाचित भएका छन् । जसमा गौरीराज जोशी र केशव पौडेल निर्वाचित भएका छन् ।

त्यस्तै, उपमहासचिवमा गणेश केसी, देवी बस्नेत, नारायण काफ्ले, ओम गुरुङ, रामशरण सिम्खडा र विनय अधिकारी सर्वसम्मत निर्वाचित भएका छन् । सचिवमा १० जना निर्वाचित भएका छन् ।

चिरञ्जिवी घिमिरे, गंगाधर गौतम, खगेन्द्र न्यौपाने, प्रवीण गुरुङ, शंकर खड्का, अभिमानसिंह बस्नेत, प्रमेद सिटौला, गोविन्द गौतम, होम पाण्डे र राजन त्रिपाठी चयन भएका छन् ।

त्यसैगरी महिला सचिवमा डा अलिनी पोखरेल र टीका गुरुङ निर्वाचित हुँदा कोषाध्यक्षमा सुनील शाह, लोक दाहाल र फणिन्द्र पन्त चयन भएका छन् । सहकोषाध्यक्षमा कृष्ण तिमल्सिना, होम तिमल्सिना र दीपक शर्मा चयन भएका छन् । लाल केसी र मिलन छन्त्याल पनि सहकोषाध्यक्ष बनेका छन् । नारायण सुवेदी, टंक गैरे, यज्ञ सुवेदी पनि सहकोषाध्यक्ष चयन भएका छन् ।

महिला कोषाध्यक्षमा अमृता थापा, यमुना भट्टराई र योगिता थापा चयन हुँदा युवा संयोजकमा अब्दिुल बसिद र रविन्द्र खड्का चयन भएका छन् । यस्तै महिला संयोजकमा विमला सापकोटा र संगीता मरहठ्ठा बनेका छन् ।

प्रवक्तामा सोम सापकोटा र शिव बरुवाललाई चयन गरिएको छ । अध्यक्ष मण्डलको निर्णयानुसार एनआरएनएमा दुई सयभन्दा बढीलाई पद दिइएको छ । यस्तै क्षेत्रीय संयोजक उपसंयोजक पनि चयन गरिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #एनआरएनए


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
Fair
6:46 am5:49 pm +0545