Techie IT
सोमबार, वैशाख ८,२०८२

‘ठगराज’ को गीतमा प्रताप र दीपाको आवाज


काठमाडौं । चलचित्र ‘ठगराज’ को पहिलो गीत रेकर्डिङ सम्पन्न भएको छ । चलचित्र पत्रकार तथा लेखक, निर्देशक लक्ष्मण सुवेदीको लेखन, निर्माण तथा निर्देशनमा बन्न लागेको उक्त चलचित्रको गीतमा दीपक शर्माको संगीत रहेको छ ।

‘माया बसेको रैछ’ बोलको गीतको शब्द सुवेदीले नै लेखेका हुन् । गीतको एरेन्ज शिवराम रसाइलीले गरेका हुन् । माया प्रेमको गीतमा प्रताप दास र दीपा लामाको आवाज रहेको छ।

गोल्डेन स्टेट मूभि मेकर्स एलएलसी क्यालिफोर्नियासँगको सहकार्यमा दिलासा क्रिएसनको ब्यानरमा निर्माण हुने चलचित्र जेठमा छायांकन गर्ने तयारी रहेको छ ।

सामाजिक कथावस्तुमा निर्माण हुने चलचित्रको कलाकार तथा प्राविधिक टिम छनोट कार्य भइरहेको निर्देशक सुवेदीले बताए । सुवेदीले सामाजिक कथा, जीवनको यथार्थसँग नजिकसँगै कमेडी, लभ र सेन्टिमेन्टको संयोजन चलचित्रमा हुने दाबी गरे । चलचित्रको वितरण आरआर फिल्मसले गर्नेछ।


क्याटेगोरी : मनोरञ्जन/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Partly Cloudy
5:31 am6:33 pm +0545