यी प्रदेशको स्थानीय तहमा यस्तो छ एमालेको अवस्था

काठमाडौं । नेकपा एमालेको तेस्रो केन्द्रीय कमिटी बैठक बुधबारबाट सुरु भएको छ । बैठकको पहिलो दिन प्रदेशहरुमा पार्टीको वर्तमान अवस्थाबारे प्रदेश प्रमुखहरुले रिपोर्टिङ गरेका छन् ।
बैठकमा प्रदेश १ का तुलसीप्रसाद न्यौपाने, मधेश प्रदेशका रामअवतार यादव, वागमतीका केशव पाण्डे, गण्डकीका नवराज शर्मा, लुम्बिनीका राधाकृष्ण कँडेल, कर्णालीका विनोद कुमार शाह र सुदूरपशिचमका दामोदर भण्डारीले रिपोर्टिङ गरे ।
त्यसक्रममा उनीहरुले पार्टीको विभाजनको असर नपरेको दाबी गरेका छन् ।
सात वटै प्रदेशका अध्यक्षले गरेको रिपोर्टिङमा शक्ति सन्तुलनका आधारमा प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सूदूरपश्चिम प्रद्शमा एमाले बलियो र कांग्रेस दोस्रो स्थानमा रहेको छ । मधेश प्रदेशमा राजनीतिक संक्रमणको स्थिति भएकाले शक्ति शन्तुलनको स्थिति ठोस रुपमा आउन नसकेको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले बताए ।
कुन प्रदेशको अवस्था कस्तो ?
प्रदेश १ का एमाले अध्यक्ष तुलसीप्रसाद न्यौपाने बैठकमा प्रदेशको अवस्थाबारे रिपोर्टिङ गरेका थिए । उनले पार्टी विभाजनपछि बेनको एकीकृत समाजवादीको असर न्यून रहेको दाबी गरेका थिए ।
मधेस प्रदेशका अध्यक्ष रामअवतार यादवले प्रदेशमा पार्टीको अवस्थाबारे रिपोर्टिङ गरेका थिए । तर मधेश प्रदेशमा राजनीतिक संक्रमणको स्थिति भएकाले शक्ति शन्तुलनको स्थिति ठोस रुपमा भने आउन नसकेको गुरुङले बताए । मधेश प्रदेशमा पार्टी प्रवेशको लहर चलेको र पहिलाको भन्दा अवस्थामा सुधार आउँदै गएको उनको दाबी थियो ।
बागमती प्रदेशका अध्यक्ष केशव पाण्डेले रिपोर्टिङ गर्दै स्थानीय तहको चुनावमा ८० सिट जित्ने दाबी गरे । उनले एमालेले स्थानीय तहमा एक्लै प्रतिष्पर्धा गरे उक्त सिट जित्ने दाबी गरे । ११९ स्थानीय तहमध्ये एक्लै प्रतिष्पर्धा भए ८० स्थानमा जित्ने उनले दाबी प्रस्तुत गरे ।
गण्डकी प्रदेश अध्यक्ष नवराज शर्माले बैठकमा गरेको रिपोर्टिङ अनुसार पार्टी विभाजनका बावजुद गत स्थानीय तहको चुनावमा भन्दा सिट संख्या बढ्ने छ । एमाले यसअघि ३९ स्थानीय तहमा जित निकालेकोमा अब त्यसमा केही थपिने उनको दाबी छ । सत्ता गठबन्धन कायम रहेका भने १२ सिट गुम्न सक्ने उनको भनाइ छ ।
लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कँडेलले ६५ स्थानीय तहमा जित निकाल्न सकिने दाबी गरे । तर अरु दलले गठबन्धन गरेको खण्डमा भने ४१ सिटमा खुम्चिने सम्भावना उनले सुनाएका थिए । लुम्बिनीमा १०९ स्थानीय तह रहेको छ ।
कर्णाली प्रदेश अध्यक्ष विनोद कुमार शाहले विगको तुलनामा एमालेले सीट संख्या बढाउने दाबी गरे । बैठकमा रिपोर्टिङ गर्दै उनले ७९ पालिकामध्ये २९ वटा पालिका जित्ने उनको दाबी छ ।
गत स्थानीय चुनावमा एमाले २७ पालिका जितेको थियो । सत्ता गठबन्धन बनेमा १५ वटामात्रै जित्ने स्थितिमा रहेको उनको भनाइ छ । सुदूरपश्चिम प्रदेशका अध्यक्ष दामोदर भण्डारीले आफूहरुको अवस्था २०७४ सालको भन्दा राम्रो रहेको बताएका छन् ।
उनले गठबन्धन नभएमा आफूहरुले ३८ पालिकाको नेतृत्व जित्ने रिपोर्टिङ गरेका थिए । ३० मा भने तीव्र प्रतिस्पर्धा हुने उनको भनाइ थियो । गठबन्धन भयो भने आफूहरुले २३ पालिकाको नेतृत्व जित्ने ४६ पालिकामा आफूहरु प्रतिस्पर्धी बन्ने उनको आँकडा छ । १९ वटा पालिकामा भने आफूहरुको अवस्था कमजोर रहेको रिपोर्टिङका क्रममा उनले भने ।
क्याटेगोरी : राजनीति
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्