Techie IT
सोमबार, वैशाख ८,२०८२

एक्सनमा भण्डारा प्रहरी : नक्कली मह बेच्ने गिरोह पक्राउ


चितवन । अवैध मह उत्पादन गरेको आरोपमा चितवन प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।

नक्कली मह बेच्दै हिँडेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भण्डारा चितवनबाट प्रहरी निरीक्षक राजीव गिरीको कमान्डमा खटिएको प्रहरीको विशेष टोलीले आज (शुक्रबार) बिहान साँढे सात बजे राप्ती नगरपालिका ५ भण्डारास्थित त्रिशुली होटलमा छापामारी ७५८ किलो नक्कली महसहित सात जना लाई पक्राउ गरेको हो ।

महको कारोबार गर्ने तराइमुलका रहे पनि उनीहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैनन् । जंगलबाट मौरी काढेर ल्याएको ओर्जीनल मह हो भनी स्थानीयलाई झुक्यानमा पारी बिक्रीवितरण गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

नक्कली मह ल्याएर केही दिन भाडामा बस्ने र पछि पुनः सोही नक्कली महलाई सक्कली हो भन्दै बिक्री वितरण गर्दै आएका रहेछन्, एक प्रहरीले भने सोही सूचनाको आधारमा पछ्याउँदै गएको राप्ती प्रहरीले उनीहरुको समूहलाइ पक्राउ गर्न सफल भएको हो ।

पक्राउ परेकाहरुलाइ अहिले जिल्ला प्रहरी कार्यालय चितवनमा राखिएको छ । आरोपितहरु माथि आइतबार ठगी मुद्दामा सम्मानित चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गर्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mist
5:31 am6:33 pm +0545