पाँचौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव १७ चैतदेखि २१ सम्म हुने

पाँचौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) १७ चैतदेखि २१ सम्म हुने भएको छ । राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा महोत्सव भौतिक रूपमै हुने भएको हो ।
यसअघि १० चैतदेखि १४ गतेसम्म यो महोत्सव हुने भनिएको थियो । प्राविधिक कारणले मिति परिवर्तन गरिएको सोमबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत निफका अध्यक्ष केपी पाठकले जानकारी दिए ।
अघिल्लो पटक कोरोनाका कारण भर्चुअल रूपमा महोत्सवको आयोजना भएको थियो । यस पटक महोत्सवमा ३८ देशका ८९ चलचित्रबीच प्रतिस्पर्धा हुनेछ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा, छोटा चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रहरूको सातवटा विधाको प्रतिस्पर्धामा १४ वटा पुरस्कार वितरण गरिनेछ ।
यसपटक चलचित्र हलमा भौतिक रूपमा प्रदर्शन हुनुका साथै अनलाइन माध्यमबाट पनि प्रदर्शन हुनेछ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #निफ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्