Techie IT
सोमबार, वैशाख ८,२०८२

चितवनको खैरहनीबाट पाँच जना जुवाडे पक्राउ


चितवन । चितवनमा जुवातास खेल्ने पाँच जना पक्राउ परेका छन् ।

पुर्वी चितवनको खैरहनी नगरपालिका वडा नम्बर ७ सुर्तेनीमा खैरहनी नगरपालिका वर्डा नम्बर ६ बस्ने ३३ बर्षीया, दामोदार बस्नेत, सोही ठाउँ बस्ने ४९ बर्षीया शुसिल रिजाल, वडा नम्बर ८ निवासी ३४ बर्षीया दिपक महर्जन, ३४ बर्षकै दिपक महर्जन, ४४ बर्षीया प्रेम प्रसाद महतो, ४७ बर्षीया निल बहादुर पुनलाइ प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाइ ईलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरी निरीक्षक सुवास भट्टको टोलीले हिजो (शनिबार) साँझ जुवा खेल्दै गरेको अवस्थामा नगद ७६ हजार ८ सय २० रुपैयाँ सहित तीन बुक तास र मानिस पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) नवराज अधिकारीले जानकारी दिए ।

पक्राउ परेकाहरु उपर जुवा तास ऐन अन्तर्गत मुद्धामा जिल्ला प्रशासन कार्यालय चितवनबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । यता, चितवन प्रहरीले भने जुवातास खेल्नेहरुविरुद्ध विशेष अप्रेसन नै चलाइ त्यसलाइ निर्मुल पार्ने तयारीमा रहेको स्रोतले जनाएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mist
5:31 am6:33 pm +0545