Techie IT
आईतबार, वैशाख ७,२०८२

तारकेश्वर सहित काठमाडौँ लगायतका ठाउँमा बर्डफ्लु


काठमाडौँलगायत देशका विभिन्न ठाउँमा बर्डफ्लु देखिन थालेपछि त्यसको नियन्त्रणका लागि सरकारले प्रयास गरिरहेको छ ।

पशु सेवा विभागमा शुक्रबार केन्द्रीय बर्डफ्लु रोग नियन्त्रण समन्वय समितिको आकस्मिक बैठक बसेको थियो । सो बैठकले विभिन्न ठाउँमा देखिएको बर्डफ्लु रोगलाई कसरी नियन्त्रण गर्ने तथा विज्ञ कसरी परिचालन बारेमा निर्णय गरेको विभागका महानिर्देशक डा. लेखराज दाहालले जानकारी दिए ।

विभिन्न ठाउँबाट आएको नमुना परीक्षण गर्दा सिन्धुपाल्चोक, कास्की, उदयपुर र लमजङमा बर्डफ्लु भएको पुष्टि भएको छ । समितिले सङ्क्रमण देखिएको ठाउँमा तत्कालै आकस्मिक रोग अन्वेषण कार्यदललाई पठाउने निर्णय भएको विभागका प्रवक्ता डा. चन्द्र ढकालले बताए ।

बर्डफ्लु रोग नियन्त्रण नियमावलीअनुसार त्यसको नियन्त्रण गर्ने उनले बताए । विभागका प्रवक्ता ढकालका अनुसार कास्की, लम्जुङ, सिन्धुपाल्चोक, उदयपुरलगायत बर्डफ्लु रोगको आशङ्का भएको ठाउँबाट नमुना सङ्कलन गरी केन्द्रीय प्रयोगशालामा पठाइएको थियो । त्यहाँ नमुना परीक्षण हुँदा बर्डफ्लु देखिएपछि समितिको बैठक बसेको थियो ।

बिहीबार चितवनमा बर्डफ्लु फेला परेको थियो भने त्यसअघि मोरङ र त्यसपछि काठमाडौँको दुई–तीन ठाउँमा बर्डफ्लु रोग देखिएको थियो ।

केहिदिन अघि काठमार्डौको तारकेश्वरमा पनि बर्डफ्लु पुष्टि भएको थियो ।

त्यसलाई चार किल्ला कायम गरी नियन्त्रणमा लिने काम भएको उनले बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #बर्डफ्लु


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Fair
5:32 am6:32 pm +0545