Techie IT
सोमबार, वैशाख ८,२०८२

डाँका मुद्धाका फरार प्रतिवादी आठ बर्षपछि पक्राउ


चितवन । डाँका मुद्धामा कैद सजाय पाइ फरार रहदै आएका एक प्रतिवादीलाइ चितवन प्रहरीले बुधबार पक्राउ गरेको छ ।

सम्मानित चितवन जिल्ला अदालतबाट दुई लाख एकहत्तर हजार बिस रुपैयाँसहित ५ बर्ष ११ महिना २ दिन कैद सजाय पाई आठ बर्षदेखी फरार रहदै आएका खैरहनी नगरपालिका वडा नंम्बर ६ बस्ने ३१ बर्षिया कमल श्रेष्ठलाई चितवन प्रहरीले बुधबार भरतपुरबाट पक्राउ गरेको थियो ।

हिजो (बिहीबार) अदालतमा हाजिर गराइएका श्रेष्ठलाई अदालतको फैसला संगै पुर्पक्षका लागी भरतपुर कारागार चलान गरिएको प्रहरी स्रोतले जनाएको छ ।

पछिल्लो समय चितवनमा प्रहरीले अदालतबाट कैद सजाय पाइ विभिन्न मुद्दामा फरार रहदै आएका प्रतिवादीहरुलाइ पक्राउ गर्न विशेष अप्रेसन नै चलाउँदै आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mist
5:31 am6:33 pm +0545