Techie IT
आईतबार, वैशाख ७,२०८२

साङ्गलाका दुई विद्यालयलाई सासंद योगेन्द्र संग्रौलाद्धारा शैक्षीक सामाग्री बितरण


काठमाडौ । तारकेश्वर नगरपालिका वडा नं १ मा अवस्थित साङ्गला बालकुमारी मा.वी र कुन्चीप्वाकल मा.बीका बिधार्थीहरुलाई शैक्षीक सामाग्री बितरण गरिएको छ ।

बिहिबार एक कार्यक्रम बिच प्रदेश सभा सासंद योगेन्द्र संग्रौलाद्धारा बालकुमारी र कुन्चीप्वकल मा.बिका ५० – ५० जना बिधार्थी गरि जम्मा १०० जनालाई ज्याकेट , कपडा , जुत्ता ,स्टेशनरी सामाग्री , झोला , खेलकुद लगायतका सामाग्रीहरु बितरण गरिएको कुन्चीप्वाकल मा.वीका प्रअ राजु नेपालले बताउनुभयो ।

प्रअ नेपालका अनुसार दुईवटा विद्यालयबाट गरिव , बिपन्न तथा जेहेन्दार बिध्यार्थीलाई छनौट गरि सो सामाग्री बितरण गरिएको हो ।

दौतरी नेपालको सहयोग रहेको सो कार्यक्रममा प्रदेश सांसद योगेन्द्र संग्रौला सहित , वडा अध्यक्ष बिदुर सापकोटा , बालकुमारी बिध्यालय ब्यवस्थापन समितिका अध्यक्ष मुकुन्द तिमिल्सना , दौतरी नेपालका अध्यक्ष सम्पन्न स्थापित , शिक्षक , अभिभावकको उपस्थीती रहेको थियो ।

साङ्गला बालकुमारी विद्यालयका प्रअ टिकाराम भट्टको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रमको संचालन रामबाबु फुँयालले गर्नुभएको थियो ।


क्याटेगोरी : स्थानीय
ट्याग : #योगेन्द्र संग्रौला


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:31 am6:33 pm +0545