Techie IT
शनिबार, वैशाख ६,२०८२

देउवा र ओलीबीचको भेटवार्तामा के छलफल भयो ?


काठमाडौँ, १२ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीबीचको भेटवार्ता सकिएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा दुई शीर्ष नेताबीच एमसीसीसहित संसदको गतिरोध अन्त्य गर्ने विषयमा छलफल भएको छ ।

‘प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच एमसीसी सहितको विषयमा छलफल भएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।

दुई शीर्ष नेताबीचको भेटवार्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, काँग्रेस महामन्त्री ईश्वर पोखरेल र एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल सहभागी थिए ।

एमसीसी माथि छलफल गर्नेगरी बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएपछि काँग्रेस र एमालेका शीर्ष नेताबीच भेटवार्ता भएको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #देउवा र ओली


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545