माधव नेपालले जनतामाथि ठूलो घात गरे : झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले संसद् बैठकमा एमसिसी टेबल गर्ने शीर्ष नेताहरूको निर्णयप्रति कडा आपत्ति जनाउनुभएको छ ।
उहाँले खासगरी आफ्नो पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई दोषि भन्नुभएको छ । उहाँले माधवकुमार नेपालले जनतामाथि ठूलो घात गरेको गुनासो गर्नुभयो ।
संसदमा एमसिसी टेबल गर्ने राष्ट्रघाती कदम भएको उहाँको भनाइ छ।
एमसीसी संसदमा टेबल गर्ने सहमति पछि प्रतिक्रिया दिँदै खनालले भन्नुभयो ‘कहाँ टेबल गर्छन् अरे, उनीहरूको भान्छा घरमा ? संसद् त चल्दैन कहाँबाट टेबल हुन्छ ?, ‘हाम्रो पार्टीको निर्णय त्यस्तो छैन।’
खनालले पार्टी अध्यक्ष माधवकुमार नेपालले जनतामाथि घात गरेको आरोपसमेत लगाउनुभयो । आफ्नो पार्टीको निर्णय पनि यथास्थितिमा संसद टेबल गर्न नहुने भएकाले त्यस्तो खालको सहमतिलाई आफूहरुले स्वीकार गर्न नसक्ने बताउनुभयो ।
आज एमसीसी सम्झौता नेपालको संसदमा टेबल भएको छ । अब यो निर्णायर्थ प्रस्तुत हुनका लागि संसदमा प्रक्रिया चल्नेछ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #झलनाथ खनाल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्