Techie IT
सोमबार, वैशाख ८,२०८२

बालिकालाइ बलात्कार गरेको आरोपमा सब-इन्जिनियर पक्राउ


चितवन । चितवनमा नाबालिकालाइ बलात्कार गरेको आरोपमा प्रहरीले भरतपुर महानगरपालिका वर्डा नम्बर २९ का सब-इन्जिनियर जीवन पौडेललाई पक्राउ गरेको छ ।

६ वर्षकी नाबालिकालाइ पटक-पटक बलात्कार गरेको भन्दै बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएपछि प्रहरीले भरतपुर महानगरपालिका – २ आँपटारी बस्ने ३६ वर्षीया पौडेललाई पक्राउ गरेको हो ।

उनलाई ६ गते प्रहरीले पक्राउ गरेको थियो । पौडेलले घटनाका बिषयमा कसैलाई केही नभन्न दबाब दिएका थिए । बालिकालाइ भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षण गरी पुर्नस्थापना केन्द्रमा राखिएको छ ।

पक्राउ परेका पौडेलमाथि हिरासतमा राखी थप अनुसन्धान गर्नका लागि सम्मानित चितवन जिल्ला अदालतबाट सात दिनको म्याद अनुमति लिइ आवश्यक अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mist
5:31 am6:33 pm +0545