Techie IT
सोमबार, वैशाख ८,२०८२

चितवनमा नगद एक लाख सहित पाँच जना जुवाडे पक्राउ


चितवन । चितवन प्रहरीले नगद १ लाख २ हजार ३ सय ७९ रुपैयाँ सहित पाँच जना जुवाडेलाइ पक्राउ गरेको छ ।

भरतपुर महानगरपालिका १० स्थित साकुरा रेष्टुरेन्टमा जुवातास भइरहेको छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीको टोलीले जुवातास खेल्दै गरेको अवस्थामा स्याङजा घर भई भरतपुर महानगर १० बस्ने ३६ बर्षिय प्रकाश रानाभाट, रौतहट घर भई भरतपुर महानगर ७ बस्ने ३० बर्षिय सुवास महतो, भरतपुर ४ बस्ने ५६ बर्षिय टुङराज लामिछाने, भरतपुर १० बस्ने ४८ बर्षिय सरोज खनाल र भरतपुर १२ बस्ने ४२ बर्षिय राजकुमार श्रेष्ठलाइ पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुउपर थप अनुसन्धान गर्ने कार्य भइरहेको चितवन प्रहरीले जनाएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mist
5:31 am6:33 pm +0545