युवासंघ साङ्गलाको आयोजनामा शनिबार रक्तदान कार्यक्रम हुँदै

ब्लड बैंकका जननी चाल्र्स रिचार्ड ड्य्रुले भनेका थिए, ‘म रगत हुँ, रगत म हो।’ अर्थात्, जीवनको सार्थकता नै रगतमा छ। जीवन तबसम्म रहन्छ, जबसम्म रक्तसञ्चार भइरहन्छ। त्यसैले जीवन–मरणका चरणमा अपरिहार्य मानिन्छ रगत। संसारभरि यसको व्यापार हुन्न। भनिन्छ, ‘रक्तदान जीवनदान।’ र, मृत्युको मुखबाट धेरैलाई फर्काउने मनकारी रक्तदाता विश्वभरि धेरै छन्।
तैपनि महामारी, ठूला विपत्ति र एकैचोटि धेरै बिरामी हुने परिस्थितिमा यसको जगेडा असन्तुलित हुन पुग्छ। देशमा अहिले त्यस्तैखाले समस्या देखा परेको छ। कोभिडका बिरामी बढ्ने क्रमसँगै रगत अभाव सिर्जना हुँदै गएको छ। संकटका घडीमा धेरै वस्तु अभाव भएझैं ब्लड बैंकमा रगत पनि नपाइएको वा अपुग भएको खबर सुनिन थालेका छन्।
सोही समस्यालाई केहीहद सम्म न्युनिकरण गर्ने तारकेश्वर युवा संघ वडा नं १ कमिटिले रक्तदान गर्ने भएको छ । युवा संघ वडा कमिटि अध्यक्ष प्रकाश अधिकारीका अनुसार रक्तmदान भोली शनीबार बिहान १० बजेबाट साङ्गला वडा कार्यालय परीसरमा हुनेछ ।
क्याटेगोरी : स्थानीय
ट्याग : #युवासंघ साङ्गला
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्