Techie IT
आईतबार, वैशाख ७,२०८२

हङकङद्वारा उत्पादित डाहुवा ब्रान्डको सीसीटीभी क्यामेरा नेपालमा


काठमाडौँ – बिध म्यानेजमेन्टले हङकङद्वारा उत्पादित डाहुवा ब्रान्डको सीसीटीभी क्यामेराको नेपालको आधिकारिक वितरकको जिम्मेवारी पाएको छ।

डाहुवा ब्रान्डको सीसीटीभी क्यामेरा विश्व तथा नेपालमा बिक्रीको हकमा दोस्रो स्थानमा रहेको छ।

बिध म्यानेजमेन्टले मंगलबार एक कार्यक्रमबीच सोही सीसीटीभी क्यामेराको आधिकारिक नेपाल वितरकको जिम्मेवारी पाएको पत्रकारमार्फत जानकारी दिएको छ।

पत्रकार सम्मेलनमा जानकारी दिइएअनुसार नेपालभर उक्त ब्रान्डको सीसीटीभी क्यामेरा बिक्रीका लागि ५० वटा रिटेलर पनि तोकिएको छ। सरकारले सरकारी कार्यालय तथा सार्वजनिक स्थलमा सीसीटीभी जडानका लागि प्रोत्साहन गरिरहेको अवस्थामा कम्पनीले उक्त ब्रान्डको सीसीटीभीको बजारीकरण सशक्त बनाइरहेको जनाएको छ।

बिथ म्यानेजमेन्टले औषधि, सर्जिकल सामान, रासायनिक मल, विद्युतीय सामग्रीलगायतको आपूर्ति गर्दै आएको छ। पाँच वर्षअघि स्थापना भएको बिध म्यानेजमेन्ट नेपालको व्यवसाय क्षेत्रमा एक अग्रणी कम्पनी हो।


क्याटेगोरी : अर्थ
ट्याग : #डाहुवा ब्रान्डको सीसीटीभी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:31 am6:33 pm +0545