टोखामा कोरोनाको कारण स्थगीत भएको ‘मेयर दीर्घायु’ कार्यक्रम पुन संचालन हुने

काठमाडौं । टोखामा कोरोनाको तेस्रो लहरको कारण स्थगीत भएको ‘मेयर दीर्घायु’ कार्यक्रम पुन संचालन हुने भएको छ । नगरभित्रका ५० वर्ष माथिका अपाङ्गता भएका, घाइते, द्वन्द्वपीडित, असहाय, लोपोन्मुख, अतिविपन्न, महिला तथा अल्पसङ्ख्यक समुदायलाई लक्षित गरी ‘मेयर दीर्घायु’ कार्यक्रमको भब्य सुभारम्भ भएको थियो ।
प्रत्येक हप्ता ९० जनालाई प्रदान गरिने उक्त कार्यक्रममा नगरपालिकाभित्रका झण्डै एक हजारको निःशुल्क स्वास्थ्य परीक्षण गरिने लक्ष्य लिइएको छ ।
पुनः सञ्चालन हुने भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाका जनतालाई स्वस्थ राख्ने उद्देश्यका साथ टोखा चण्डेश्वरी प्रादेशिक केन्द्र ९प्रस्तावित प्रदेश अस्पताल०मा सुरु गरिएको सो कार्यक्रम यही माघ ११ देखि कोरोनाका कारण स्थगन भएको थियो ।
‘म स्वस्थ, मेरो टोखा नगर स्वस्थ’ भन्ने मूल नाराका साथ सुरु भएको उक्त कार्यक्रम नगरवासीलाई स्वस्थ्य राख्ने उद्देश्यले सुरु गरेको थियो ।
नगरपालिकाभित्र रहेका अशक्त ५० वर्षमाथिका अपाङ्गता भएका, घाइते, द्वन्द्वपीडित, असहाय, लोपोन्मुख, अतिविपन्न, महिला तथा अल्पसङ्ख्यक समुदायलाई लक्ष्य गरेर उक्त कार्यक्रम सञ्चालन गरेको थियो ।
मंसीर २८ गते मंगलबार टोखाको चण्डेश्वरी अस्पतालबाट शुरुवात गरिएको कार्यक्रम फागुन १ देखि पुनः सुरुआत गर्न लागिएको नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले जानकारी दिनुभयो ।
क्याटेगोरी : स्थानीय
ट्याग : #‘मेयर दीर्घायु’ कार्यक्रम
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्