Techie IT
सोमबार, वैशाख ८,२०८२

तारकेश्वर ३ मा जमुना फुँयालको अध्यक्षतामा ३१ सदस्य अनेम संघ गठन


तारकेश्वर काठमाडौं । । तारकेश्वर नगरपालिका वडा नं ३ मा नेकपा एमाले निकट अखिल नेपाल महिला संघ गठन भएको छ ।

करिव १०० जना कृयाशिल महिलाहरुको उपस्थीतीबाट ३१ सदस्य अनेम संघ गठन गरिएको महिला नेतृ साबित्रा शर्माले बताउनु भयो ।

शर्माका अनुसार सो भेलाले जमुना फँुयालको अध्यक्षतामा ३१ सदस्य अनेम संघ गठन गरिएको छ भने सचिवमा शोभा पलेल रहेका छन ।

कार्यक्रमका अतिथिका रुपमा बागमति प्रदेश कमिटि सदस्य श्याम घिमिरे , नगर कमिटि अध्यक्ष बासु गौतम ,  तारकेश्वर नगरपालिकाका उपमेयर भवानी डोटेल , नगर कमिटि सचिव राजु तिमिल्सिना , जिल्ला कमिटि सदस्य साबित्रा शर्मा ,३ नं वडा कमिटि अध्यक्ष रुद्र घिमिरे लगायतको उपस्थीती रहेको थियो ।

उपस्थीत अतिथिहरुले नव गठित वडा कमिटीका पदाधीकारीलाई शुभकामना दिनुहुदै अनेमा संघको चर्चा गर्दै देश परिवर्तन तथा विकासका लागि अहिले सम्म खेलेको भुमिकाको विषयमा जानकारी गराउनु भएको थियो ।

 


क्याटेगोरी : स्थानीय
ट्याग : #महिला संघ गठन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Clear
5:31 am6:33 pm +0545