Techie IT
सोमबार, वैशाख ८,२०८२

साङ्गलामा एमाले निकट अखिल नेपाल महिला संघ गठन


तारकेश्वर काठमाडौं । तारकेश्वर नगरपालिका वडा नं १ साङ्गलामा नेकपा एमाले निकट अखिल नेपाल महिला संघ गठन भएको छ ।

करिव १०० जना कृयाशिल महिलाहरुको उपस्थीतीबाट ३१ सदस्य अनेम संघ गठन गरिएको वडा कमिटिका सचिव प्रकाश अधिकारीले बताउनु भयो ।

सचिव अधिकारीका अनुसार चुनिदेबी मन्दिरमा भएको सो भेलाले लक्ष्मी श्रेष्ठको अध्यक्षतामा ३१ सदस्य अनेम संघ गठन गरिएको छ , जसमा उपाध्यक्षमा रञ्जु गुँरागाई , सचिवमा सम्झना मिजार , उप सचिवमा कल्पना प्याकुरेल , रुपा तिमल्सिना रहेका छन ।

कार्यक्रमका अतिथिका रुपमा नगर कमिटि सदस्य तथा वडा अध्यक्ष बिदुर सापकोटा , नगर कमिटि उप सचिव सरस्वती जोशी , वडा कमिटिका अध्यक्ष गोपाल सापकोटा , नगर कमिटि सदस्य पुकार तिमलसिना लगायतको उपस्थीती रहेको थियो ।

उपस्थीत अतिथिहरुले नव गठित वडा कमिटीका पदाधीकारीलाई शुभकामना दिनुहुदै अनेमा संघको चर्चा गर्दै देश परिवर्तन तथा विकासका लागि अहिले सम्म खेलेको भुमिकाको विषयमा जानकारी गराउनु भएको थियो ।

भेलाले तारकेश्वर नगरपालिका वडा नं १ बस्ने श्री गणेश प्रसाद अधिकारीको श्रीमती, नारायण अधिकारी, शान्ता अधिकारी एवंम दिपेन्द्र अधिकारीको ममतामयी माता तथा तारकेश्वर नगर कमिटिका सदस्य अर्जुन अधिकारीको काकी स्वर्गीय मीरा अधिकारीको मृत आत्माको चिर शान्तिको कामना गर्दै शोक स्तब्द परिवार जनमा गहिरो समवेदना प्रकट गरेको छ ।

 


क्याटेगोरी : स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Clear
5:31 am6:33 pm +0545