Techie IT
सोमबार, वैशाख ८,२०८२

अब टोखाका विरामीहरुलाई निशुल्क रगत , सम्पूर्ण शुल्क नगरपालिकाबाट भुक्तानी


काठमाडौं । टोखा नगरपालिकाले आफ्ना नागरिकको उपचारमा लाग्ने रगत निशुल्क उपलब्ध गराउने भएको छ । नगरपालिकाले रेडक्रस तथा बिभिन्न संघ संस्थाहरु सँगको समन्वयमा आफ्ना नागरिकको उपचारका लागि लाग्ने रगत निशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको मेयर प्रकाश  अधिकारीले बताउनु भयो ।

नेपाल रेडक्रस सोसाइटीसँग  सम्झौता गरि आफ्ना  विरामी स्थानीय अस्पतालमा भर्ना भई उपचार गराउदा रगतको निशुल्क व्यवस्था गराएका हुन् ।

रेडक्रस रक्त सञ्चार सेवाले प्रति पिन्ट रगतको लागि लाग्ने थैला , परिक्षण र सेवा शुल्क गरि ८ सय १० रुपैयाँ शुल्क लिँदै आएको छ । टोखाका विरामीलाई परिचयको आधारमा निशुल्क गरिने र पछि सो रकम बराबरको बिल अनुसार  भूक्तानी गर्ने मेयर अधिकारीको भनाई छ ।

रगत अभावमा नागरिकहरुले ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्न निति तथा कार्यक्रम अनुरुप बजेट व्यवस्थापन गरिएको अधिकारीको भनाई छ  ।

टोखा नगरपालिका नागरिकको स्वास्थ प्रति सदैब प्रतिबद्ध रहेको तथा स्वास्थ शाखाबाट प्रभावकारी सेवा प्रवाह भैरहेको मेयर अधिकारीको भनाई छ ।

मानिसहरुले निशुल्क दान गरेको रगत बिभिन्न प्रशोधन , ल्याव परिक्षण बापतको शुल्क बिरामीले तिर्नुपर्ने झन्झटको अत्य टोखा नगरपालिकाले गर्ने भएको हो ।

टोखा नगरपालिकाले केहि समय अगाडिमात्र ‘मेयर दीर्घायु’ कार्यक्रम सञ्चालन गरेको थियो । ५० वर्ष माथिका अपाङ्गता भएका, घाइते, द्वन्द्वपीडित, असहाय, लोपोन्मुख, अतिविपन्न, महिला तथा अल्पसङ्ख्यक समुदायलाई लक्षित गरी ‘मेयर दीर्घायु’ कार्यक्रम सञ्चालनबाट प्रत्येक हप्ता ९० जनाले निःशुल्क स्वास्थ्य परीक्षण गरिरहेका छन ।

मेयर अधिकारीको यो अग्रसरतासँगै नगरवासी हर्षित भएका छन् । संविधानले नागरिकका स्वास्थ्य सम्बन्धि मौलिक हकको प्रत्याभुत गराउने गरि स्थानिय सरकारले जिम्मेवारी बोध गराउने यस्तो कार्यक्रमको नगरबासीहरुबाट प्रशंसा हुँदै आएको छ ।


क्याटेगोरी : स्थानीय
ट्याग : #अब निशुल्क रगत


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Clear
5:31 am6:33 pm +0545