चितवनमा प्रहरीको “अप्रेसन माइक चार्ली” प्रभावकारी बन्दै

चितवन । चितवन प्रहरीले सुरु गरेको “अप्रेसन माइक चार्ली” प्रभावकारी बन्दै गएको छ ।
जिल्ला भित्र हुने गरेका मोटरसाईकल चोरीका घटनामा संलग्न ब्यक्तिहरुलाई पक्राउ गरी कानुन बमोजिम कार्बाही गरी चोरीजन्य कार्यलाई नियन्त्रण गर्ने उद्देश्यले सन्चालन गरिएको “अप्रेसन माइक चार्ली” पछिल्लो समय प्रभावकारी बन्दै गएको हो ।
प्रहरी प्रमुख (एसपी) ओम प्रसाद अधिकारीले सोही अभियान अन्तर्गत मोटरसाईकल चोरी गर्ने गिरोहलाइ पक्राउ गरी सार्वजनिक समेत गरेको छ ।
बिभिन्न मिति र समयमा चितवन लगायत अन्य जिल्लाका स्थानहरुबाट चोरी भएका मोटरसाईकलहरुको खोजतलास गर्ने क्रममा तनहुँ भानु नगरपालिका वडा नंम्बर ०१ बस्ने बर्ष २३ को रूपेश गुरूङ, पर्सा बारागढी नगरपालिका वडा नं. ०१ बस्ने बर्ष १९ को रूपेश चौधरी, सोही ठाउँ बस्ने बर्ष १९ को रमेश पासवान, रत्ननगर नगरपालिका वडा नं. १३ घर भई हाल भरतपुर महानगरपालिका वडा नंम्बर २३ मा मनकामना वर्कसप तथा रिकण्डिसन हाउस संचालन गरी बस्ने बर्ष ३८ को दिपेन्द्र कुमार श्रेष्ठ, भरतपुर महानगरपालिका वडा नं. २१ बस्ने बर्ष ३० को दावा तामाङ, कालिका नगरपालिका वडा नं. ०५ बस्ने बर्ष २० को मंशिस चौधरीलाइ पक्राउ गर्न सफल भएको हो ।
पक्राउ परेका मध्य श्रेष्ठ यसअघि पनि मोटरसाईकल चोरीको अभियोगमा प्रहरीले पक्राउ गरेको अभियुक्त रहेको प्रहरीले जनाएको छ । त्यस्तै, अर्का अभियुक्त मध्ये मंशिस चौधरीको साथबाट प्रहरीले लागूऔषध नाइट्रोभेट १० लेखिएको नाइट्राजेपाम ट्याब्लेट ४ पत्ता (५२ ट्याब्लेट) समेत फेला परेको जनाइएको छ ।
उनीहरुलाइ चोरी भएको मोटरसाइकल सहित नियन्त्रणमा लिएको हो । चोरी कार्यमा संलग्न ब्यक्तिको खोजतलास गर्दै जाने क्रममा प्रहरीले मोटरसाईकलको स्वरुप तथा नम्बर प्लेट परीवर्तन गरेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) ओम प्रसाद अधिकारीले बताए ।
(एसपी) अधिकारीका अनुसार पक्राउ परेका अभियुक्तहरुले मोटरसाईकल चोरी गरिसकेपछि नम्बर प्लेट हटाउने, नम्बर प्लेट बदल्ने, रङ परीवर्तन गर्ने र एउटा जिल्लामा चोरी गरेका मोटरसाईकल अन्य जिल्लामा लगी बिक्री बितरण गर्ने गरेको समेत प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको बताए ।
पक्राउ परेका उनीहरुविरुद्ध सम्मानित चितवन जिल्ला अदालतबाट चोरी कसुरमा म्याद अनुमती लिई थप अनुसन्धान गर्ने कार्य भईरहेको उनले बताए ।
यी हुन् बरामद गरिएको मोटरसाईकल :-
१. सेतो, कालो रंगको यमाहा कम्पनीको आरवानफाइभ मोटरसाईकल एक थान (नम्बर प्लेट हटाईएको अवस्थामा फेला परेको )
२. बागमती प्रदेश ०३-०२ प ४१९१ नंम्बरको एन.एस २०० मोटरसाईकल एक थान
३. प्रदेस २-०३-०१३ प ४६६९ नंम्बरको २०० सिसि को अपाचे मोटरसाईकल एक थान (बिरगञ्जबाट चोरी भएको )
४. रातो कालो रङ मिक्स भएको ना ५० प ७४८३ नंम्बरको एन.एस २०० सिसिको मोटरसाईकल एक थान
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्