‘द फेस’ को शिर्ष उपाधी प्रीसियस र आयुष्मालाई

काठमाडौँ — ललितपुरको कुपोन्डोलस्थित म्याक्सिम्स बैंक्वेटमा सम्पन्न ‘द फेस, भोल्यूम-२’ को उपाधि प्रीसियस श्रेष्ठ र आयुष्मा शाहले जितेका छन् । यु क्यान फ्लाई फेसनको आयोजनामा सम्पन्न प्रतियोगिताको प्रमुख प्रायोजकमा स्किन सिटि रहेको थियो भने सह-प्रायोजकमा मेक-अप दरबार र ग्रुमिङ पार्टनरमा क्लब फरेनहाइट रहेको प्रतियोगितामा अराउन्ड दि कर्नर, पिज्मा साउन्ड एन्ड लाइट र लेक ट्वान्टी थाउजेन्ड फार्म रिट्रीट सपोर्टर रहेको थिए । समसाद शाहको डिरेक्सन, स्वीकृति प्याकुरेलको व्यवस्थापन साथै सुजित बस्यालको कोरियोग्राफीमा सम्पन्न प्रतियोगितामा सेजल महर्जन र फिबिका चौलागाईं ‘फस्ट रनर अप’ तथा आर्यन कार्की र प्रीति भट्ट सेकेण्ड रनर अप घोषित भए। विधागततर्फको अवार्डमा कन्फिडेन्ट जयदेश राई र स्नेहा कार्की, पर्सनालिटी साईमोन तामाङ र आयुष्मा शाह, फोटोजेनिक आर्यन कार्की र आयुष्मा अधिकारी, फिजिक् पासाङ तामाङ र प्रीसा जोशी, वाक प्रीसियस श्रेष्ठ र आयुष्मा अधिकारी , इन्फ्लुएन्सर प्रीसियस श्रेष्ठ र साकुरा पुरी, मल्टीमिडिया बबिस पौडेल्र ओजस्वी महर्जन, स्किन प्रीसियस श्रेष्ठ र आयुष्मा अधिकारी घोषित भए । त्यसैगरी पब्लिक चोईस अवार्डका निमित्त ग्लोबल अनलाइन पे मार्फत गरिएको अनलाईन भोटिङमार्फत सर्वाधिक मत प्राप्त गरि प्रीसियस श्रेष्ठ र जिज्ञासा महर्जन पब्लिक चोईस अवार्ड विजेता बन्न सफल रहे ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्