नेपाल अर्वुद रोग निवारण संस्थाको केन्द्रीय अध्यक्षमा श्रेष्ठ निर्वाचित
सबैसगँ मिलेर अघि बढ्ने अध्यक्ष श्रेष्ठकाे उद्घाेष
काठमाडौं । नेपाल अर्वुद रोग निवारण संस्थाको ३१ औं अधिवेशन सम्पन्न भएको छ । सिरहाको लहानमा शनिबार सम्पन्न अधिवेशनले केन्द्रीय अध्यक्षमा महेश श्रेष्ठलाई निर्वाचित गरेको छ । ४५ जिल्लाबाट सहभागी भएका प्रतिनिधिहरुको सहभागितामा सम्पन्न उक्त अधिवेशनको उद्घाटन प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले शुक्रबार गर्नुभएको थियो । उद्घाटन समारोहपछि शनिबार भएको निर्वाचनमा अध्यक्ष पदमा संस्थाका केन्द्रीय निवर्तमान अध्यक्ष श्रेष्ठ र बद्री नाथ पोखरेलले उम्मेदवारी दिएका थिए । विजयी श्रेष्ठले १२९ मत प्राप्त गरे भने पोखरेलले २९ मत ल्याएर पराजित भए । शनिबार सम्पन्न बन्दशत्रले सूर्तिजन्य पदार्थको नियमन र नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नका लागि संघीय संसदमा संकल्प प्रस्ताव पेश गर्नका लागि माननीयहरुलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
अधिवेशनले केन्द्रिय सदस्यमा कमल श्रेष्ठ (धनकुटा ) कृष्ण बहादुर बस्नेत ( भोजपुर ) जय कुमार उपाध्यक्ष (सिन्धुलि) डोर प्रसाद भट्टराई (सर्लाही ) दिनेश शंकर पालिखे ( कास्की ) नारायण कोईराला ( सुर्खेत ) प्रकाश खतिवडा (मकवानपुर ) ,डा. प्रकाशराज न्यौपाने (दाङ्ग) बिजेश अवाले (भक्तपुर) बिमल कुमार होडा (काठमाडौं ) रति श्रेष्ठ (सिन्धुपाल्चोक ) राधा कार्की (झापा ) र हर्ष नारायण कर्माचार्य (काभ्रे ) निर्वाचित गरेकाे छ।
निर्वाचित केन्द्रिय सदस्यहरु मध्ये बाट पदाधिकारी हरु तिन जना उपाध्यक्ष , महासचिव , कोषाध्यक्ष , उप महासचिव , उप कोषाध्यक्ष , केन्द्रीय समितिको बैठक बाट चयन गर्ने बताइएकाे छ ।
यसैबीच नबनिर्बाचित अध्यक्ष श्रेष्ठले संस्थाको ३१ अैां केन्द्रीय सभाबाट केन्द्रीय अध्यक्षमा निर्वाचित गराउनु हुने सम्पूर्ण अग्रज, पूर्व अध्यक्षज्यूहरू, शाखा सभापतिज्यू, विभिन्न जिल्लाका केन्द्रीय (पार्षद) प्रतिनिधिज्यूहरू, सहकर्मी साथिहरू, शुभचिन्तकहरूप्रति आभार ब्यक्त गरेका छन । उनले संस्थाको शाख र प्रभावकारिता अभिवृद्धिमा सबैको साथ र सहयोगका साथ अगाडि बढ्ने र सबै जुटेर संस्थाको गरिमा कायम गर्ने तर्फ सबै गम्भीर हुनेमा विश्वस्त रहेकाे बताएका छन ।
क्याटेगोरी : विशेष, समाचार
ट्याग : #नेपाल अर्बुद रोग निवारण सस्था
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्