प्राज्ञ रानालाई प्रतिष्ठानको आजीवन सदस्यता

वरिष्ठ कवि तथा गजलकार बुँद राना (लोकबहादुर राना) नेपाल प्रज्ञा–प्रतिष्ठानको आजीवन सदस्य हुनुभएको छ । नेपाली कविता-काव्य साहित्यका क्षेत्रमा पाँच दशकभन्दा बढी समयदेखि साधनारत रही विशिष्ट योगदान गर्नुभएका भैरहवाका रानालाई प्राज्ञ परिषद्को ३८औँ बैठकले यही पुस १ गतेदेखि लागू हुने गरी आजीवन सदस्यता प्रदान गर्ने निर्णय गरेको हो ।
बैठकले सोही मितिदेखि रानालाई आजीवन सदस्यले पाउने नियमानुसारको मासिक आजीवन भत्ता उपलब्ध गराउने निर्णयसमेत गरेको छ । आजीवन सदस्य आनन्ददेव भट्टको निधनपश्चात् रिक्त हुन आएको आजीवन सदस्य पद एकका निम्ति उपयुक्त, योग्यतम र वरिष्ठतम साधकको छनोट गरी सिफारिस गर्न गठित उपकुलपति डा जगमान गुरुङ संयोजक तथा प्राज्ञ परिषद् सदस्य प्रा डा हेमनाथ पौडेल र माया ठकुरी सदस्य रहेको सिफारिस समितिको सिफारिसका आधारमा प्राज्ञ परिषद्को बैठकले रानालाई आजीवन सदस्यता प्रदान गर्ने निर्णय गरेको हो ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य, समाचार
ट्याग : #आजीवन सदस्यता
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्