नेत्री दर्शनाद्वारा पार्टी परित्यागको घोषणा

विवेकशील साझा पार्टीकी नेत्री रञ्जु दर्शनाले पार्टी परित्याग गर्नुभएको छ । उहाँले आज विज्ञप्ति जारी गरी पार्टीको मूल नेतृत्वप्रति असन्तुष्टि जनाउँदै पार्टीमा लिएको जिम्मेवारीका साथै साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट अलग भएको घोषणा गर्नुभएको हो । “म आफूले लिएको सम्पूर्ण जिम्मेवारी र हरेक पदबाट साधारण सदस्यसमेत नरहने गरी विवेकशील साझा पार्र्टीसँगको संलग्नताबाट आफूलाई स्वतन्त्र पार्दछु”, विज्ञप्तिमा भनिएको छ ।
आगामी स्वतन्त्र नागरिकको भूमिकामा मात्रै राजनीतिरुपमा सक्रिय हुने भन्दै नेत्री दर्शनाले सो पत्रमा राजनीतिक यात्राको मोडमा वैकल्पिक राजनीति भनेर अघि बढिरहेको सङ्गठन, मूल नेतृत्व नै सही नभएको आरोप लगाउनुभएको छ । उहाँ तत्कालीन विवेकशील नेपाली दलको संस्थापक सदस्य हुनुहुन्छ । उहाँ स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको प्रमुख पदको उम्मेदवारसमेत बन्नुभएको थियो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नेत्री रञ्जु दर्शना, #विवेकशील साझा पार्टी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्