सोनाको डेब्यु चलचित्र ‘चुरीफुरी’ शुक्रवारदेखि हलमा

काठमाडौं । मिस ग्ल्यामरस आइकल २०१६ की सेकेन्ड रनरअप सोना बज्राचार्यको डेब्यु चलचित्र ‘चुरीफुरी’ यही पुस ९ गते शुक्रवारदेखि अल नेपाल रिलिज हुँदैछ ।
लेखक तथा निर्देशक ऋषिराज आचार्यको चलचित्र ‘चुरीफुरी’ मार्फत सोनाले नेपाली सिनेमामा डेब्यु गर्न लागेकी हुन् । बिभिन्न म्युजिक भिडियो तथा बिज्ञापन खेलेपछि मोडल सोना नेपाली रजतपटमा प्रवेश गरेकी हुन् । कमेडी जनराको चलचित्र ‘चुरीफुरी’बाट सोना निकै उत्साहित छिन् ।
चुरीफुरी टिम यतिबेला प्रचारप्रसारको अन्तिम चरणमा छ । यसअघि च्यारिटी शोबाट पनि राम्रो रेस्पोन्स पाएको सोनाले बताइन् । च्यारिटी शो बाट संकलित रकम बिभिन्न सामाजिक कार्यमा लगाएको पनि उनले जानकारी दिइन् । करिब आधा दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेकी सोना आफ्नो पहिलो कामबाट धेरै आशावादी छिन् । लभिङ गर्लको भुमिकामा ठुलो पर्दामा पहिलोपटक देखिन लागेकी सोनाले आफुले दर्शकबाट राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरेकी छिन् । ‘आफुले पाएको भुमिकालाई पुर्ण रुपमा न्याय गरेकी छु ।’ उनले भनिन् –‘पुरा चलचित्रको कथा थाहा पाउन पौष ९ गते सिनेमाहल आउनुहोला ।’ अध्ययनका नाममा विदेशिने युवा र जग्गाको कारोबारमा ठगिएको कथालाई कमेडी शैलीमा देखाइएको उनले जानकारी दिइन् ।
चलचित्र चुरीफुरीमा सोनासँगै रबिन्द्र झा, सुबोध गौतम, राजिबजंग बस्नेत, अभिषेक श्रेष्ठ, शिशिर भण्डारी, पवन खतिवडा, पुजा पन्त, दीपक आचार्य, सुरबिर पन्डित, सुनिता श्रेष्ठ, राजेन्द्र खाती, जोया ढकाल, ऋतु आचार्य मुख्य कलाकारका रुपमा रहेका छन् । दीपक शर्माको संगीत रहेको यस सिनेमाको गीतमा समिर आचार्य, विश्व नेपाली, बेनिसा पौडेलको स्वर रहेको छ । भिमफेदी ग्रुपको कोरियोग्राफी रहेको यस सिनेमाको छायांकन राहुल राईले गरेका हुन् भने सम्पादन नवीन निरौलाले गरेका छन् ।
पास्र्व संगीत हेमराज आश्रमको रहेको छ । बिमला भुसाल, राजेन्द्र खाती, शिव थापा सहनिर्माता रहेको यस सिनेमाको निर्माता ऋषिराज आचार्य र रीना ढकाल भण्डारी रहेका छन् । डिसिएन वितरक रहेको सिनेमा चुरीफुरीको डिजिटर पार्टनर हाइलाइट नेपाल रहेको छ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #सोना
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्