भागबन्डा मिलाउन प्रदेश सरकारहरूले धमाधम मन्त्रालय फुटाउन थाले
देशभर प्रदेश मन्त्रालयको संख्या ६९

भागबन्डा मिलाउन बिना अध्ययन र तयारी प्रदेश सरकारहरूले धमाधम मन्त्रालय फुटाउन थालेका छन् । अहिले देशभर प्रदेश मन्त्रालयको संख्या ६९ पुगेका छ ।
प्रदेश १ र सुदूरपश्चिम सरकार बाहेक सबै प्रदेश सरकारले मन्त्रालय फुटाएका छन् । मन्त्रालय फुटाउन बागमती प्रदेश सरकार सबैभन्दा अगाडि छ । बागमतीले मन्त्रालय फुटाएर मुख्यमन्त्रीको कार्यालयसहित १४ मन्त्रालय पुर्याएको छ ।
प्रदेश सरकारहरूले संगठन तथा व्यवस्थापन सर्भे नगरी मन्त्रालय फुटाएका छन,जसबाट प्रदेश सरकारहरूले माग गरे बमोजिम कर्मचारी पठाउन नसकिएको संघीय मामिला मन्त्रालयको भनाइ छ ।
संघीय मामिला मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले प्रदेश सरकारहरूले मन्त्रालय फुटाउँदा त्यस सम्बन्धी जानकारी संघीय मामिला मन्त्रालयमा नगराएको बताए । उनले भने, ‘हामीसँग प्रशासन समूहका मौजात कर्मचारी छैनन, जबकी मन्त्रालय फुटाउने वित्तिकै फुटाएको मन्त्रालयमा कर्मचारी पठाउन सकियोस् ।’ संघीय मामिला मन्त्रालयसँग समन्वय नगरी मन्त्रालयमा पठाउँदा प्रदेश सरकारहरूले माग गरेअनुसार कर्मचारी पठाउन नसकिएको उनले बताए ।
धमाधम प्रदेश मन्त्रालय फुटे पछि सबैमा कर्मचारीको अभाव भएको छ । फुटेका मन्त्रालयहरूले केन्द्रबाट मन्त्रालयसचिव पाउन सकेका छैनन् । संघीय मामिला मन्त्रालयले प्रदेश सरकारहरूले माग गरे बमोजिम कर्मचारी पठाउन सकेको छैन । यो समाचार आजको नागरिक दैनिकमा छ ।
क्याटेगोरी : समाचार
ट्याग : #देउवा, #प्रचण्ड, #माधव नेपाल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्