Techie IT
आईतबार, वैशाख ७,२०८२

कामनासेवा बैंकद्वारा महानगरीय प्रहरी मालीगाउँलाई जनचेतनामूलक बोर्डहरू हस्तान्तरण


काठमाडौं, ४ पुस । ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत कामना सेवा विकास बैंकले महानगरीय प्रहरी वृत्त मालीगाउँलाई विभिन्न जनचेतनामुलक शाइनबोर्डहरू हस्तान्तरण गरेको छ ।

सो अवसरमा बैंकले कोरोना भाइरसको जोखिमबाट बच्नका लागि मास्क तथा स्यानिटाइजर पनि हस्तान्तरण गरेको जनाएको छ ।

बैंकको केन्द्रीय कार्यालय भवन परिसरमा आयोजित एक कार्यक्रममा बैंकका सञ्चालक विश्वेश्वर सुवेदी तथा नायव प्रमुख कार्यकारी अधिकृत हरिप्रसाद लम्सालले संयुक्त रूपमा उक्त सामग्रीहरू हस्तान्तरण गरेका हुन् ।

साथै, हस्तान्तरण कार्यक्रमपछि बैंकका सञ्चालक विश्वेश्वर सुवेदी तथा महानगरीय प्रहरी वृत्त मालीगाउँका प्रहरी नायव उपरीक्षक मिनबहादुर कुँवरले सानोगौचरनमा संयुक्त रूपमा जनचेतनामुलक बोर्डको अनावरण समेत गरेका छन् ।

उक्त बोर्डहरू शहरका विभिन्न ठाउँहरूमा राखिने र यसले जनमानसमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास बैंकले लिएको छ । बैंकका सञ्चालक सुवेदीको अध्यक्षता तथा काठमाडौं महानगरपालिका–३० का वडा अध्यक्ष दलबहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा सम्बोधन गर्दै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत हरिप्रसाद लम्सालले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत समुदायमा योगदान पुर्याउने महत्वपूर्ण अवसर प्रदान गरेकोमा सामुदायिक प्रहरी सेवा केन्द्र नक्साल, महानगरीय प्रहरी वृत्त मालीगाउँ, कामनपा–३० वडा कार्यालयलगायत सबैलाई धन्यवाद व्यक्त गरे ।

 

आगामी दिनहरूमा समेत सरोकारवालाहरूको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरूलाई निरन्तरता दिने प्रतिवद्धता उनले व्यक्त गरेका छन् ।

महानगरीय प्रहरी वृत्त मालीगाउँका प्रहरी नायव उपरीक्षक मिनबहादुर कुँवरले बैंकले आफ्नो व्यवसायको अतिरिक्त आफ्नो सामाजिक उत्तरदायित्व सम्झिएर समुदायको हकहितको खातिर यस्ता महत्वपूर्ण कार्यहरू गरेकोमा आफूलाई निकै गर्व लागेको र यस्ता कार्यमा प्रहरी संधै साथमा रहने प्रतिबद्धता जनाएका छन् ।


क्याटेगोरी : अर्थ
ट्याग : #कामनासेवा बैंक


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:31 am6:33 pm +0545