एमाले काठमाण्डौ जिल्ला कमिटीको अधिवेसन मुलपानी क्रिकेट मैदानमा हुने

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीको छैटौ जिल्ला अधिवेसनको उद्घाटन शत्र काठमाण्डौ क्षेत्र नं २ को मुलपानी क्रिकेट मैदानमा हुने भएको छ।
सो जिल्ला अधिवेसन उद्घाटन शत्र स्थलको आज नेकपा एमालेका स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठ,पोलिटब्युरो सदस्य तथा जिल्ला अध्यक्ष कृष्ण राई,जिल्ला सचिव दीपक निरौला,प्रदेस सभा सदस्य मणिराम फुंयाल , गणेश दुलाल सहितका नेताहरुले निरीक्षण गरेका छन।
नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीको पुस १ गते बसेको बैठकले कगेश्वरी मनोहरा नगरपालिका वडा नं ६ मा रहेको सो क्रिकेट मैदानमा जिल्ला अधिवेसनको उद्घाटन शत्र आयोजना गर्ने निर्णय गरेको हो।
पुस २३ गते हुने सो जिल्ला अधिवेसनको उद्घाटन शत्रको प्रमुख अतिथि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संबोधन गर्ने बताउदै जिल्ला सचिव दीपक निरौलाले सो अधिवेसनको बन्द शत्र पुस २४ गते रास्ट्रीय सभा गृहमा गर्ने तयारी गरिएको जानकारी दिएका छन।
पुस ८ गते हुने अधिवेसन मूल व्यवस्थापन समितीको बैठकले थप योजना निर्माण तथा तयारी गर्ने जानकारी दिदै सचिव निरौलाले अधिवेसन केन्द्रीत अभियान संचालन गर्नका लागि जिल्लाका १० निर्वाचन क्षेत्र ,२० प्रदेस क्षेत्र ,११ नगर र १३८ वटा वडा कमिटीहरुलाई आग्रह समेत गरेका छन।
क्याटेगोरी : राजनीति
ट्याग : #एमाले काठमाण्डौ जिल्ला कमिटी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्