यि ६७ मुलुकबाट आएकाले क्वारेन्टिन बस्न नपर्ने

काठमाडौं, ३ पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन विभागले शुक्रबार एउटा सूचना जारी गर्यो ।
उक्त सूचनामा कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फैलिएका विभिन्न ६७ वटा देशबाट नेपाल आएकाहरूले अनिवार्यरुपमा सात दिनसम्म होटेल क्वारेन्टिन बस्नुपर्ने जनाएको थियो । सूचनामा ती ६७ वटा मुलुकहरू कुन–कुन हुन् भनेर किटान समेत गरिएको छ ।
यसअघि मंसिर १३ गते बसेको मन्त्रिपरिषद् बैठकले ओमिक्रोन संक्रमण भएका देशबाट नेपाल आउँदा कडाइ गर्ने निर्णय गरेको र सोही निर्णयका आधारमा अध्यागमनले ती देशको सूची बनाएको सूचनामा उल्लेख गरेको थियो ।
तर, आज शनिबार एकाएक शुक्रबारको सूचना उल्ट्याउँदै सोही विभागले शुक्रबार जारी सूचनाबमोजिमको निर्णय स्थगित गरेको जनाएको छ । सूचनामा कोरोनाको पछिल्लो ओमिक्रोन भेरियन्टको जोखिम बढेको भन्दै अध्यागमन विभागले विभिन्न ६७ देशबाट आउने यात्रुका लागि सात दिन होटेल क्वारेन्टिनमा बस्नुपर्ने नियम अर्को सूचना प्रकाशित नभएसम्म स्थगित गरिएको उल्लेख छ ।
अध्यागमन विभागले १७ डिसेम्बर २०२१ मा प्रकाशित गरेको यात्रा प्रतिबन्ध (७ दिन अनिवार्य होटेल क्वारेन्टाइन) सम्बन्धी जानकारी अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जानकारी गराउँदै भनेको छ, ‘यसअघि सेप्टेम्बर २४ र डिसेम्बर २ मा प्रकाशित ट्राभल एडभाइजरीसँग सम्बन्धित अन्य सूचनाहरू यथावत रहनेछन् ।’
मन्त्रिपरिषद्को निर्णयका आधारमा शुक्रबार यात्रा प्रतिबन्धसम्बन्धी सूचना जारी गरेको विभागले आज शनिबार त्यसको ठिक विपरीत हुने सूचना जारी गर्नु मन्त्रिपरिषद् निर्णयको उल्लंघन भएको बुझ्न सकिन्छ । तीव्र रुपमा कोरोनाको नयाँ भेरियन्ट फैलिरहेको बेलामा सतर्कता आवश्यक पर्ने भए पनि सरकारको यो निकायले माव जीवनको संवेदनशीलतामा ध्यान नपुर्याएको शनिबारको सूचनाले पुष्टि गरेको छ ।
प्रभावित अफ्रिकी देशका नागरिकलाई यसअघि नै सरकारले अनअराइभल भिसामा रोक लगाइसकेको छ । नेपालमा पनि अफ्रिकी मुलुकबाट आएका दुईजनामा ओमिक्रोन पुष्टि भएको थियो । उद्यपि, उनीहरू निको भइसकेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्