Techie IT
बुधबार, वैशाख ३,२०८२

कम्युनिष्टको नजरमा गगन थापा र विश्वप्रकाश शर्मा


-एसपी उप्रेती

मेरो सामान्य चेतना विकास भएदेखि नै मनमा कम्युनिष्ट विचार प्रति आस्था जाग्यो ।

त्यस्तै, तत्कालीन माओवादी कार्यकर्ताहरुले गाउँ शहरको विकृति जस्तै कि तास धेरै खेल्नेलाई सजाय दिने आदि कारणले पनि कम्युनिष्टहरुले राम्रै गर्छन् कि भन्ने बाल मस्तिष्कमा महसुस भएको थियो । तर अहिले उनीहरु आफैँ कस्ता छन् देखिएकै छ ।

त्यस्तै, ९ महिने शासनकालमा उत्तर दक्षिण राजमार्गको विकास भएको, सामाजिक सुरक्षा भत्ताको सुरु भएको आदि विषयले पनि कम्युनिष्ट विचारधारामा आस्था बनाइरह्यो होला ।

मुलतः नेपालमा सबैले विकास र समृद्धि खोजेका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले निकै साहसिक निर्णय लिएका थिए । तिनै निर्णयका कारण आज सुरुंग मार्ग लगायत गौरवशाली योजनाहरु अघि बढिरहेका छन् ।

त्यसैकारण पनि मेची बहुमुखी क्याम्पसमा आइएस्सी पढ्दा अनेरास्ववियुमा रहेर काम गरियो । हुन त मेरो बुबाको दुःखद निधनले म धेरै सक्रिय हुन भने सकिनँ । तर पनि जीवन श्रेष्ठ, बसन्त बानियाँ, असारु राजवंशीलगायत दाइहरुबाट केही सिक्ने मौका भने पाइयो ।

यो २०६७ साल तिरको कुरा हो । जतिखेर स्ववियु निर्वाचनको मिति तोकिएको थियो । देशका सबै क्याम्पसहरुमा त्यसको माहोल थियो । मेची क्याम्पसमा नहुने कुरै भएन ।

त्यही स्ववियु निर्वाचनलाई ध्यानमा राखेर विद्यार्थी संगठनहरुले केन्द्रीय नेताहरु ल्याएर कार्यक्रम गर्थे । त्यही क्रममा नेविसंघले गगन थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरेको थियो । मैले पहिलोपटक प्रत्यक्ष देख्न र सुन्न पाएको थिएँ उनलाई ।

उनी निकै राम्ररी बोल्दा रहेछन् । प्रभावित पार्न सक्ने कला रहेछ उनीसँग । म विचारले त प्रभावित भइनँ । तर व्यक्ति प्रखर रहेछन् भन्ने कुराले प्रभावित बनेँ । त्यस्तै, उनी स्वास्थ्यमन्त्री बन्दा आमूल परिवर्तन हुने एउटा विशेष कार्यको थालनी गरे । जुन स्वास्थ्य बिमाको कार्यक्रम थियो । यसले चौतर्फी राम्रो गर्यो । यद्यपि यसलाई अझै व्यवस्थित बनाउनु भने अपरिहार्य छ ।

उनी प्रशंसाका पात्र मात्रै नभएर आलोचित त्यसैगरी बनेकै छन् । चाहे त्यो आफूले पालेको बाख्रा फार्मका विषयमा होस् वा आफ्नो विचार दिन नसकेको भनेर किन नहोस् ।

मैले यो सबै सम्झिुनको पछाडि चाँहि के हो भने कतै यिनले अवसर पाउँदा गर्छन् कि भन्ने हो । किनकी सबैको स्वभाव उही हुन्न । कसैको कुनै एउटा निर्णयले नै कायापलट गर्न सक्छ । तसर्थ अहिले पार्टीको महामन्त्री निर्वाचित भएकोमा थापालाई बधाई दिँदै आगामी दिनमा देश र जनताका लागि राम्रो गरुन् भनि शुभकामना दिन्छु ।

त्यस्तै, अर्का युवा नेता छन् विश्वप्रकाश शर्मा जाे पार्टीकाे अर्का महामन्त्री निर्वाचित भए । आफ्नो स्वार्थ तथा प्रतिष्ठाका लागि ठाउँ सर्ने भन्दै आलोचित बन्ने गरे पनि स्पष्ट वक्ताका रुपमा मात्रै नभएर बहुमुखी प्रतिभाशाली नेताका रुपमा चिनिन्छन् शर्मा । यी दुवै जना नेताहरुबाट केही विशेष गुणहरु कम्युनिष्ट युवा नेताहरुले समेत सिक्नुपर्ने हुन सक्छ । जस्तै, सिलसिलेबार भाषण कला ।

मुलतः नेपालमा सबैले विकास र समृद्धि खोजेका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले निकै साहसिक निर्णय लिएका थिए । तिनै निर्णयका कारण आज सुरुंग मार्ग लगायत गौरवशाली योजनाहरु अघि बढिरहेका छन् ।

तसर्थ यस्तै बोल्ड डिसिजन र अडान लिने नेताको आज खाँचो छ । यो आवश्यकता एमाले नेताहरुले मात्रै नभएर थापा र शर्मा जस्ता अन्य पार्टीका नेताहरुले पनि गरुन् ।


क्याटेगोरी : विचार/बहस
ट्याग : #breaking, #गगन थापा र विश्वप्रकाश शर्मा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Mist
5:36 am6:30 pm +0545