Techie IT
सोमबार, वैशाख ८,२०८२

डिएसपी रिमालको एक्सन : अवैध लागूऔषध गाँजा सहित एक जना पक्राउ


धादिङ । गजुरी प्रहरीले दस किलो दुइ सय ग्राम अवैध लागूऔषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय गजुरी धादिङबाट खटिएको प्रहरीको विशेष टोलीले हिजो (सोमबार) राती साँढे नौ बजेको समयमा धादिङ गजुरी गाँउपालिका वडा नंम्बर १ गजुरीबजारबाट गजुरी गाउँपालिका वडा नंम्बर ४ सउरबोटे बस्ने ५१ बर्षिया मोतिलाल तामाङलाइ लागूऔषध गाँजा सहित पक्राउ गरेको हो ।

काठमाण्डौंबाट चितवन तर्फ जाँदै गरेको भाडाको यात्रु बाहक विङ्गर मिनी बस रोकी चेकजाँच गर्ने क्रममा प्रहरीले तामाङको साथबाट लागूऔषध गाँजा बरामद गरेको थियो । उनलेे पछाडी भिर्ने झोलाभित्र लुकाईछिपाई लागूऔषध गाँजा लैजाँदै थिए ।

ईलाका प्रहरी कार्यालय गजुरीको नियन्त्रणमा रहेका तामाङविरुद्ध लागुऔषध कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान गर्ने कार्य भईरहेको ईलाका प्रहरी कार्यालय गजुरी धादिङका प्रहरी प्रमुख (डिएसपी) भावेश रिमालले जानकारी दिए ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mist
5:31 am6:33 pm +0545