नदीजन्य पदार्थको चोरी कार्यमा संलग्न दश वटा सवारीसाधन नियन्त्रणमा

चितवन । अवैध रूपमा नदीजन्य पदार्थको चोरी कार्यमा संलग्न दश वटा सवारी साधनलाइ चितवन प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवन र ईलाका प्रहरी कार्यालय रत्ननगरबाट खटिएको प्रहरीको बिशेष टोलीले नदीजन्य पदार्थको चोरी निकासी कार्यमा संलग्न रहेका विभिन्न सवारीसाधनलाइ विभिन्न स्थानहरूबाट नियन्त्रणमा लिइएको जनाएको हो ।
प्रहरीले भोजाड एरियाबाट तीन वटा ट्रयाक्टरसहित कालिका नगरपालिकाको जुटपानी क्षेत्रबाट दुइ वटा जेसिभी, चार वटा टिपर र एउटा ट्याक्टर नियन्त्रणमा लिइएको जनाएको हो ।
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने कार्यमा संलग्न रहेका सवारीसाधनमाथि आक्रमक रूपमा प्रस्तुत हुँदैआएको चितवन प्रहरीले विभिन्न समयमा अप्रेसन चलाउँदै आएको छ ।
सोही अप्रेसन अन्तर्गत प्रहरीले दश वटा सवारी साधनलाइ नियन्त्रणमा लिइ कार्वाही गर्न सफल भएको हो । नियन्त्रणमा लिइएको उक्त सवारी साधनलाइ आवश्यक कार्वाहीको लागी सम्बन्धि निकायमा पठाइएको चितवन प्रहरीका प्रमुख (एसपी) ओम प्रसाद अधिकारीले बताए ।
साथै, प्रहरीले नदीजन्य पदार्थहरुको उत्खनन भएको पाइए प्रहरी आक्रमक रूपमा प्रस्तुत हुने बताउँदै सो, कार्य कहिँ कतै भए गरेको पाइए तत्कालै आफ्नो नजीकैको प्रहरी कार्यालयमा खबर गर्न समेत अपिल गरेको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्