Techie IT
शनिबार, वैशाख ६,२०८२

एकीकृत सहुलियत मूल्य पसल सन्चालनमा


काठमाडौं, १३ असोज। एकीकृत सहुलियत मूल्यको पसल आजबाट सन्चालनमा आएको छ । दशै,तिहार र छठ पर्वलाई लक्षित गर्दै सरकारले सहुलियत पसल सन्चालनमा ल्याएको हो । पसल सन्चालनमा ल्याउनु पूर्व सिंहदर्बार स्थित नेशनल ट्रेडिङ् प्राङणमा एक उद्घघाटन समारोहको आयोजना गरिएको थियो । सोही समारोह माझबाट उद्योग, बाणिज्य तथा आपुर्ती मन्त्री मातृका यादवले सहुलियत पसलको उद्घघाटन गरे ।

पसलको उद्घघाटन पस्चात मन्त्री यादवले चाडपर्वका बखतमा बजारमा हुनसक्ने कालोबजारी एबम् मुल्यब्रिद्धी नियन्त्रणका लागि सहुलियत दरको सुपथ पसल सन्चालन गरिएको बताए । मन्त्री यादवले बडा दशै,तिहार र छठ पर्वको मौका छोपी यदि कसैले दुरासायपूर्वक बजारमा सल्बलाउन खोजेको पाइएमा त्यस्तालाई सरकारले कडा भन्दा कडा कार्वहि गर्ने पनि बताए ।

कार्यक्रम समारोह माझ उद्योग, बाणिज्य तथा आपुर्ती मन्त्रालयका सह(सचिव नवराज ढकालले बजारमा अराजकता फैलाउने र उपभोक्तालाई ठगी गर्नेहरु उपर सरकारले कडा भन्दा कडा कार्वाही गर्ने निती लिएको बताए ।

त्यस्तै, वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले आम उपभोक्ताहरुको उपभोग्य अधिकारलाई कसैले पनि कुन्ठित पार्ने चेस्टा गरेमा त्यस्तालाई कानुनको दायरा भित्र ल्याइने बताउँदै दशै,तिहार र छठ पर्वलाई लक्षित गरि बजार अनुगमन कार्यलाई अझ प्रभावकारी ढंगले अघि बढाइने समेत बताए ।

साल्ट ट्रेडिङ् कर्पोरेशन लिमिटेडका प्रमुख कार्यकारी अधिक्रित उर्मिला श्रेष्ठले कर्पोरेशनले नेपाल सरकारको निर्देशन परिपालन गर्दै दशै,तिहार एबम् छठ पर्व जस्ता चाडपर्वका बखतमा सहुलियत दरको सुपथ मुल्य पसल सन्चालन गर्दै आम उपभोक्ताहरुलाई सुपथ मुल्यमा गुणस्तरिय वस्तु बिक्री वितरण गर्दै आएको बताइन् ।

त्यस्तै दुग्ध विकास संस्थान, काठमाडौं दुग्ध विकास आयोजनाका प्रमुख राजेन्द्र अधिकारीले संस्थानले विगतका बर्ष झै यस बर्ष पनि भारी छुटमा दुग्धजन्य पदार्थ बिक्री वितरण गर्ने जानकारी गराए ।

नेसनल ट्रेडिङ लिमिटेडका महाप्रबन्धक पूर्ण शंकर वसीले अत्यावश्किय दैनिक उपभोग्य सामाग्री एकै ठाउँबाट सुपथ मुल्यमा बिक्री वितरण हुने हुँदा उपभोक्ताहरु लाभान्वित हुने धराणा राखेका थिए ।

कार्यक्रममा नेपाल च्याम्बर अफ कमर्शकाको आपुर्ती समिती सभापति देवेन्द्र भक्त श्रेष्ठ र चिनी बिक्रेता संघका अध्यक्ष शशि कान्त अग्रवालले निजी क्षेत्रको प्रतिनिधित्व गर्दै चाडबाडको बखतमा निजी क्षेत्रबाट पनि उपभोक्ताका लागि केही छुटको ब्यवस्था गर्न पहल हुँदै आएको बताए ।

सहुलियत पसलमार्फत खाद्य संस्थान तथा नेसनल ट्रेडिङ, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थानका उत्पादन तथा व्यवसायिक उपभोग्य बस्तुहरु बिक्रीका लागि राखिएका छन् ।

 

साल्ट ट्रेडिङले काठमाडौंमा ९ स्टल तथा बाहिर २४ स्थानबाट र घुम्ती सेवामार्फत नुन,चिनी लगायत अन्य अत्यावश्किय दैनिक उपभोग्य सामाग्री बिक्री वितरण गर्नेछ ।

दुग्ध विकास संस्थानले लैनचौर, बसन्तपुर र खुमलटार तथा काठमाडौंबाहिर हेटौंडा, बिराटनगर, जनकपुर, बुटवल, नेपालगन्ज, कोहलपुर, धनगढी लगायत गरी १२ स्थानबाट घ्यू, पनिर लगायत दुग्धजन्य पदार्थ बिक्री गर्नेछ।

ति बाहेक सहकारी पसलहरुहरुले सहुलियत पसलको नाममा सम्वन्धित संस्थानहरुबाट उपलव्ध गराएकै वा सोभन्दा कम मूल्यमा उपभोग्य सामान बिक्री गर्नेछन्।

कुन कुन खाद्यान्नमा कति छुट  ?

सहुलियत पसलमा दाल, चामल उद्योग तथा बिक्रेताले ३ प्रतिशत छुटमा दिनेछन्। त्यस्तै तेल र घ्यु उद्योगले बजार मूल्यभन्दा प्रतिलिटर ३ रुपैयाँ छुट दिनेछन्। आयातित तेलमा प्रति ५ लिटरमा १५० रुपैयाँ छुट हुनेछ।
उच्च गुणस्तर युक्त सल्फर रहित चिनी प्रतिकेजी ७६ मा उपलव्ध गराउने छन्। सहकारीहरुले उत्पादन गरेको मसलामा १० रुपैयाँ छुट हुने बताइएको छ।

छुटपछि के मा कति मूल्य पर्छ  ?
सोना मन्सुली चामल प्रतिकेजी ४५ बाट ५ रुपैयाँ छुट हुँदा ४० रुपैयाँ पर्नेछ।
जिरा मसिनो चामल प्रतिकेजी ६० बाट ५ छुट भई प्रतिकेजी ५५, बास्मति चामल प्रतिकेजी ९१ बाट ८१ रुपैयाँ, गोरखनाथ चामल ४८ बाट ३८, जापनीज चामल ८० रुपैयाँ ७५ पैसाबाट ७५ रुपैयाँ ७५ पैसा पर्न जानेछ।
जुम्ली सिमी १३० बाट १२०, तिते फापर ८० बाट ७० पर्ने बताइएको छ। खसीबोका पछि निर्धारण हुने मूल्यबाट प्रतिकेजी १० रुपैयाँ छुट पर्ने बताइएको छ। सरकारले खसीबोकाको मूल्य निर्धारण गरिसकेको छैन।
त्यस्तै नुन प्रतिकेजी २० बाट २ रुपैयाँ छुट भई १८ रुपैयाँ, घ्यू प्रतिलिटर ९ सयबाट ८५० रुपैयाँ, पनिर ६२० बाट प्रतिकेजी ६१० रुपैयाँमा घटाएर किन्न पाइनेछ।

देशका विभिन्न भागमा कात्तिक २७ गतेसम्म संचालन हुने यस्ता पसलमा दैनिक उपभोग्य बस्तु सस्तो पर्ने र सर्वसाधारणलाई राहत पुग्ने सरकारको दावी छ।


क्याटेगोरी : समाचार
ट्याग : #hot


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545