Techie IT
सोमबार, वैशाख ८,२०८२

निफमा बहस : विदेशी चलचित्रको चेपुवामा नेपाली चलचित्र


काठमाडौ । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा बिदेशी चलचित्रको चेपुवामा नेपाली चलचित्र विषयक अन्तर्क्रिया सम्पन्न भएको छ।

जुम मार्फत गरिएको सो कार्यक्रममा नेपाली चलचित्रका हस्तीहरु अर्जुन कुमार , मधुसुदन प्रधान , माधव वाग्ले  संग गहन छलफल एवं बहस गरिएको नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठान एवं निफका अध्यक्ष केपी पाठकले बताए।

कार्यक्रममा नेपाल चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानले नेपाली चलचित्रलाई प्राथमिकतामा राख्न बिभिन्नि योजना बनाईनु पर्ने र पछिल्लो समय नेपालमा बिदेशी चलचित्र खासै प्रर्दशन नभएको कारण नेपाली चलचित्रलाई असर नगरेको बताए । नेपाली चलचित्रहरु पनि अन्र्तराष्ट्रिय स्तरमा प्रतिस्पर्दा गर्ने स्तरका बनिरहेका बेला बिदेशी चलचित्रले नेपालमा खासै प्रभाव नराख्ने उनको दावी छ ।

 

यस्तै नेपाल चलचित्र निर्माता संघका प्रथम उपाध्यक्ष माधव वाग्लेले नेपालमा चलचित्रको शुरुवात देखीनै बिदेशी चलचित्रको प्रभाव रहदै आएको बताए । पछिल्लो चलचित्र चप्पली हाइट मात्र नभई अन्य धेरै स्तरीय चलचित्र चेपुवामा परेको उनको भनाई छ ।

नेपालमा मैलिक चलचित्र भन्दा पनि बिदेशी चलचित्रको चाप बढि भएको , साउथ मूभिलाई बढी प्राथमिकतामा राखीएको तथा नेपाली चलचित्रमा सहकार्य र एकताको अभाव रहेकाले साझा सन्र्दभमा सबै एक हुनु पर्ने र बिसम परिस्थितीमा अव नेपाली चलचित्रलाई नयाँ ढंगले अगाडी बढाइनु पर्ने निर्माता प्रधानको भनाई छ ।

अव चलचित्र प्रर्दशन गर्दा हिन्दी चलचचित्रलाई भन्दा नेपाली चलचित्रलाई बिशेष प्राथमिकतामा राखीनुपर्ने उनको जोड छ ।

सोही कार्यक्रममा निर्माता अर्जुन कुमारले बर्तमान अवस्थामा कोभिडले सबै श्रेत्रमा चेपुमामा परेको र चलचित्र निमार्ण गर्दा कम स्रोत साधनले कमै मात्र चलचित्र स्तरीय बनेको कारणले पनि बिदेशी चलचित्रसंग प्रतिस्पर्दा गर्ने नसकीएको बताए । तसर्थ अव चलचित्र निमार्ण अन्र्तराष्ट्रिय स्तरमा प्रतिस्पर्दा गर्ने गरि स्तरीय चलचित्रमा जोड दिइनु पर्ने अर्जुन कुमारको जोड छ ।

चलचित्र मार्फत रोजगारी एवं सामाजिक रुपान्तरण गर्ने मैलीक कथाहरुको श्रृजना गर्न आवश्यक रहेको बताए ।

कार्यक्रमा सबै सहभागीहरुले समाजमा सिनेमा संस्कृतिको बिकाश गर्नपर्छ , सिनेमाको बारेमा बेला बखत बहस , नयाँ प्रबिधि , डिजिटल उपकरण, दक्ष जनशक्तीहरु मार्फत अव स्तरीय चलचित्रमा जोड दिनुपर्ने धारणा राखेका छन ।

भिडियो


क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #निफ, #विदेशी चलचित्रको चेपुवामा नेपाली चलचित्र


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:31 am6:33 pm +0545