Techie IT
सोमबार, वैशाख ८,२०८२

कुन्चिप्वाकल हेल्थपोस्ट स्वास्थ्य मन्त्री खतिवडामार्फत तारकेश्वर नगरपालिकालाई हस्तान्तरण


तारकेश्वर काठमाडौं । तारकेश्वर नगरपालिका वडा नं १ मा निर्मीत कुन्चिप्वाकल हेल्थपोस्ट स्वास्थ्य मन्त्री बिरोध खतिवडाबाट तारकेश्वर नगरपालिकालाई हस्तान्तरण भएको छ ।

आइतबार हेल्थपोस्ट को प्राङ्गणमा भब्य समारोह बिच हस्तान्तरण भएको हो । बुलन्द आवाजको अभियानमा स्वास्थ चौकी भवन निमार्ण समितिद्धारा निमार्ण सम्पन्न भएको सो हेल्थपोस्ट हस्तान्तरण कार्यक्रममा स्वास्थ मन्त्रि बिरोध खतिवडा , तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहरा , प्रमुख कार्यकारी अधिकृत शिव लम्शाल , बरिष्ठ संचार कर्मी प्रेम बाहानीया , कलाकार अर्जुन घिमिरे पाँडे , सिते बा , बिभिन्न सामाजिक अभियान्ता लगायतको उपस्थीती रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि स्वास्थमन्त्रि बिरोध खतीवडाले बुलन्द आवाजको अभियानको प्रंसशा गर्नुहुदै हेल्थपोस्टको प्रभावकारी रुपमा संचालन गर्ने नगरपालिका बिषेशरुपमा लाग्नुपर्ने बताउनुहुँदै आवश्यकता अनुसार मंत्रालयबाट पनि सक्दो सहयोग हुने बताउनु भयो ।

सोही अवसरमा आगामी निर्वाचनमा आफ्नो पार्टी एमाले भन्दा निकै ठूलो हुने दावी गर्नुभएको छ ।

खतिवडाले आफू नेकपा एकीकृत समाजवादी पार्टीमा लाग्नुको कारण बताउँदै यो पार्टीले आम जनताको भावना विपरित कुनै पनि काम नगर्ने ठोकुवा गर्नुभयो ।

तारकेश्वर नगरपालिकाको माथिल्लो भूभाग कुन्चीप्वाकल , साङ्गलामा बुलन्द आवाज हेल्थपोस्ट बनाउ अभियान एक बर्ष अघि शुरु भएको थियो ।

संचारकर्मी राजन नेपालको बिशेष अगुवाईमा हेल्थपोस्ट बनाउ अभियान अन्र्तगत नगरपालिका लगायत बिभिन्न दाताहरु मार्फत सहयोग संकलन गरि कुन्चिप्वाकल हेल्थपोस्ट निमार्ण सम्पन्न गरेका हुन ।


क्याटेगोरी : स्थानीय
ट्याग : #कुन्चिप्वाकल हेल्थपोस्ट


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:31 am6:33 pm +0545